Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
धनुषामा बिहे भोज खाँदा सयभन्दा बढी बिरामी
सोमवार, वैशाख २९, २०८२
जनकपुरधाम, २९ वैशाख: धनुषाको मिथिला विहारी नगरपालिका–८, ठेरा कचुरीमा बिहे भोजको खाजा खाँदा सयभन्दा बढी व्यक्ति बिरामी परेका छन्। स्थानीय नरेश महराको छोरीको विवाहमा सहभागी जन्ती र अन्य पाहुनाहरू खाजापछि बिरामी भएका हुन्।
जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाका प्रमुख उमेश यादवका अनुसार, जनकपुर उपमहानगरपालिका–२३, बिन्धीबाट आएको जन्तीको स्वागतपछि स्वयम्बर सकिएलगत्तै खाजामा बुनियाँ, रसबरीलगायतका परिकार खुवाइएको थियो। खाजापछि पाहुनाहरूमा पेट दुख्ने, वान्ता हुने, र कमजोरी हुने लक्षण देखिन थालेपछि घटना सार्वजनिक भएको हो।
प्रमुख यादवले जानकारी दिएअनुसार, ४५ जना भन्दा बढी बिरामीहरू प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको छ भने अन्यलाई नजिकको क्लिनिक र अस्पतालहरूमा उपचार गराइएको छ। केही बिरामी उपचारपछि घर फर्किसकेका छन्।
ूहामीले खाजामा खानेकुरा विषाक्त भएको आशंका गरेका छौं। घटनास्थलमा पुगेर खाजाका स्याम्पल संकलन गरेका छौं। परीक्षणपछि वास्तविक कारण पत्ता लाग्नेछ,ू प्रमुख यादवले भन्नुभयो।