Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
ताप्लेजुङमा प्रहरीको गाडी दुर्घटना: चार जना प्रहरी घाइते
मङ्गलवार, वैशाख ३०, २०८२
झापा, ३० वैशाख: ताप्लेजुङको फुङलिङ नगरपालिका–७ स्थित शनिवारे हटियालाइनमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको गाडी दुर्घटनामा पर्दा चार जना प्रहरी घाइते भएका छन्।
गएराति करिब ९:४० बजे को १ झ ६०६ नम्बरको मोबाइल गस्ती गाडी बाक्लो हुस्सुका कारण मोड्ने क्रममा अनियन्त्रित भई पल्टिएको हो। गाडीमा प्रहरी सहायक निरीक्षक (असई) नन्दलाल बैठाको नेतृत्वमा पाँच सदस्यीय टोली सवार रहेको जनाइएको छ। उनीहरू एरिया क्लिएर गर्ने कार्यमा खटिएका थिए।
दुर्घटनामा परेर घाइते हुनेहरूमा असई नन्दलाल बैठा (बाँया खुट्टा र कुममा चोट, अवस्था सामान्य), वरिष्ठ हवल्दार प्रकाशकुमार साह (ढाडमा निलडाम, अवस्था सामान्य), प्रहरी जवान ढाकबहादुर थापा (टाउकोको बाँया भाग सुनिएको, अवस्था सामान्य) र जवान सुमन आङदेम्बे (दाहिने आँखामाथि चोट, दाहिने खुट्टा र हात सुन्निएको, अवस्था सामान्य) रहेका छन्।
घटनापछि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक (डिएसपी) बेदप्रसाद गौतमको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो। घाइतेहरूलाई उद्धार गरी तत्कालै जिल्ला अस्पताल ताप्लेजुङमा भर्ना गराई उपचार थालिएको प्रहरी स्रोतले जनाएको छ।