Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
चेन्नईमा मृत फेला परेका अर्जुनधाराका श्रेष्ठको शव नेपाल ल्याइँदै
मङ्गलवार, वैशाख ३०, २०८२
अर्जुनधारा, ३० वैशाखः झापा अर्जुनधारा नगरपालिका–२ खुदुनाबारीका रबिन श्रेष्ठको शव भारतको चेन्नईमा मृत फेला परेको करिब एक सातापछि आज नेपाल ल्याइँदैछ।
श्रेष्ठका आफन्त तथा स्थानीय लोकमान श्रेष्ठका अनुसार रबिनको शव आज अपरान्ह ४ बजे पश्चिम बङ्गालको बागडोग्रा विमानस्थलमा ल्याइपुर्याइनेछ। त्यसपछि साँझसम्म शव उनलाई झापाको खुदुनाबारीस्थित निवासमा ल्याइने जनाइएको छ।परिवारका अनुसार अन्त्येष्टि बुधबार गरिने तयारी छ।
केही समयअघि व्यापारिक प्रयोजनका लागि भारतको चेन्नई गएका श्रेष्ठ दुई साताअघिदेखि बेपत्ता थिए। चेन्नई प्रहरीले एक साताअघि रिबोन बिल्डिङको २ नम्बर गेट नजिकै उनको शव फेला पारेको थियो। प्रहरीले दिएको जानकारीअनुसार श्रेष्ठको अनुहार र टाउकोमा चोट लागेको अवस्थामा शव भेटिएको थियो।
उनको मृत्युको कारण हालसम्म स्पष्ट भइसकेको छैन। लामो समयदेखि व्यापार व्यवसायमा सक्रिय श्रेष्ठको परिवारमा श्रीमती र दुई छोरा रहेका छन्।