Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
राजश्व संकलन तथा परिचालन सम्बन्धी छलफल सम्पन्न
शुक्रवार, चैत १०, २०७९
झापा । बिर्तामोड नगरपालिकाले राजश्व संकलन तथा परिचालन सम्बन्धी नीतिगत व्यवस्थापक बिषयमा छलफल गरेको छ । नगरपालिकाले आज शुक्रबार एक दिवसीय कार्यक्रमको आयोजना गरी छलफल गरेको हो ।
विषय विज्ञ तारानाथ निरौलाको सहजीकरणमा भएको कार्यक्रममा राजश्व,राजश्वको क्षेत्र, आवश्यकता र महत्व, कर निर्धारणका प्रकार, राजश्व परामर्श समितिको काम कर्तव्य र अधिकार, कर निर्धारण गर्दा ध्यान दिनु पर्ने कानूनी आधार, दण्ड जरिवाना निर्धारण क्षेत्र लगायतको विषयमा छलफल भएको छ ।
कार्यक्रममा चालु आर्थिक वर्षका लागि ३७ करोड रुपैयाँ राजश्व लक्ष्य तत्काल पुरा गर्न कठिन देखिएकोले आर्थिक वर्ष २०८२/८३ सम्ममा उक्त लक्ष्य हासिल गर्ने गरि राजश्वका दर परिमार्जन गर्ने तथा सबैलाई करको दायरमा ल्याउँदै आम्दानीका आधारमा खर्च प्रक्षेपणका साथ मध्यकालिन खर्च संरचना तयार गर्ने निष्कर्ष निकालिएको नगर प्रमुख पवित्रा महतारा प्रसाईले बताउनु भयो ।
कार्यक्रममा नगर प्रमुख पवित्रा महतारा प्रसाई, उप प्रमुख नगेन्द्र प्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपाने, दश वटै वडाका वडाअध्यक्ष, कार्यपालिका सदस्य, चेम्बर अफ कमर्स झापाका अध्यक्ष ओमकृष्ण बिमली, बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव अर्जुनकुमार मैनाली, राष्ट्रिय उद्योग वाणिज्य महासंघ बिर्तामोडका अध्यक्ष विवेक निरौला लगायतको सहभागिता रहेको थियो ।