Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
अवैध नदी उत्खननमा संलग्न ट्याक्टर र चालक प्रहरीको नियन्त्रणमा
बुधवार, वैशाख ३१, २०८२
बिर्तामोड, ३१ वैशाख: झापाको अर्जुनधारास्थित बिरीङ खोलाबाट अवैध रुपमा बालुवा उत्खनन गर्दै गरेको ट्याक्टरसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मंगलबार ८:३० बजे इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको टोलीले अर्जुनधारा–५ मा रहेको बिरीङ खोलाबाट मे १ त ६५३३ नम्बरको ट्याक्टर र चालक संजीब दनुवारलाई नियन्त्रणमा लिएको हो।
२५ वर्षीय दनुवार सोही वडाका बासिन्दा हुन्। प्रहरीका अनुसार अवैध उत्खननबारे सूचना प्राप्त हुनासाथ टोली खटिई घटनास्थलमै ट्याक्टरसहित चालकलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि अर्जुनधारा नगरपालिकामा बुझाइएको हो।
झापा प्रहरीले वातावरणीय क्षति र अवैध उत्खनन रोक्नका लागि निगरानीलाई अझ सशक्त बनाइने जनाएको छ।