शुक्रवार, असार १३, २०८२
Nayapaper | अनलाइन पत्रिका

सुत्केरी हुन नसकेपछि हेलिकप्टरमार्फत उद्दार

बिहिवार, जेठ १, २०८२

कालीकोट, जेठः सुत्केरी हुन नसकेपछि एक महिलाको नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरिएको कालीकोटको तिलागुफानगरपालिका१० का २२ वर्षीया सन्तकला रोकायालाई सुत्केरी हुन नसकेपछि हेलिकप्टरमार्फत उद्दार गरेर कर्णाली प्रदेश अस्पतालसुर्खेत लगिएको हो

स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नहुँदा अवस्था जटिल बन्दै गएका कारणले बिहीबार उहाँलाई हेलिकप्टरमार्फतसुर्खेतस्थित प्रदेश अस्पतालमा लगिएको तिलागुफाका उपप्रमुख महेन्द्रबहादुर शाहीले जानकारी दिनुभयो

रोकाया सुत्केरी हुने अनुमानित मिति जेठ १९ गते भएको प्रसुती व्यथा सुरु हुनु अगावै खतराको लक्षण देखा परेकाले आकस्मिकअप्रेसन गरी बच्चा आमालाई स्वास्थ्य उपचार गर्नुपर्ने भएकाले रिफर गरिएको स्वास्थ्य चौकी चिल्खायाका सिनियर अहेब धनरुपशाहीले बताउनुभयो

सुत्केरी व्यथा लागि जटिल अवस्थामा पुगी रोकायाको उक्त बर्थिङ सेन्टरमा सुत्केरी गराउनसमेत नसकिने हुँदा तत्काल सुविधासम्पन्न अस्पतालमा थप उपचार गराउनुपर्ने भएको उहाँको आर्थिक अवस्था कमजोर भएको भनि तिलागुफा नगर कार्यपालिकाकोकार्यालयको पत्रका आधारमा महिला उत्थान समन्वय एकाइको हेलिकप्टरमार्फत कर्णाली प्रदेश अस्पतालमा पठाइएको प्रमुख जिल्लाअधिकारी नारायणप्रसाद भट्टराईले बताउनुभयो

सम्बन्धित खबर