Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
पाँचथरमा कुकुरको टोकाइपछि खुकुरी प्रहार
बिहिवार, जेठ १, २०८२
पाँचथर, १ जेठः पाँचथरको मिक्लाजुङ गाउँपालिकामा कुकुरको टोकाइलाई लिएर भएको विवाद खुकुरी प्रहारसम्म पुगेको छ।
मिक्लाजुङ गाउँपालिका–३ देवीथान गैरीगाउँमा हिजो बिहान १० बजे ५४ वर्षीय ललितबहादुर राईको कुकुरले छिमेकी ५४ वर्षीय सन्तबहादुर राईकी ४५ वर्षीया श्रीमती चन्द्रमाया मगर (राई) लाई टोकेको थियो।
उक्त घटनालाई लिएर दिउँसो ४:३५ बजे विवाद चर्किएपछि आक्रोशित सन्तबहादुरले कुकुरधनी ललितबहादुर राईको टाउकोमा खुकुरी प्रहार गरेका हुन्।
प्रहारबाट ललितबहादुरको टाउकोमा गहिरो चोट लागेको र बोल्न नसक्ने अवस्थामा रहेका कारण उनलाई गम्भीर अवस्थामै उपचारका लागि झापातर्फ लगिएको प्रहरीले जनाएको छ।
खुकुरी प्रहार गर्ने सन्तबहादुर राईलाई खुकुरीसहित प्रहरी चौकी दशमी बजारले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।