मङ्गलवार, असार १०, २०८२
Nayapaper | अनलाइन पत्रिका

गभर्नरमा मेरिटोक्रेसीका आधारमा क्षमतावान व्यक्ति नियुक्ति हुन्छ : प्रधानमन्त्री

बिहिवार, जेठ १, २०८२

काठमाडौँ, जेठः प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैङ्कको रिक्त गभर्नरमा व्यक्तिगत निकटताका आधारमा नभईयोग्यताक्रमका आधारमा क्षमतावान व्यक्तिको नियुक्ति गर्ने पक्षमा आफू रहेको बताउनुभएको

पूर्वयोजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “राष्ट्रबैङ्कमा मेरो कोही ल्याउनु छैन मेरिटोक्रेसीका आधारमा क्षमतावान मान्छे ल्याउने हो काम गर्नसक्ने मान्छे भए देशलाई भइहाल्छ मेरो मान्छे भन्ने चाहिँदैन प्रधानमन्त्री हो तर सरकारमा मात्र छैन त्यसैले  सकेसम्ममेरिटोक्रेसीलाई महत्व दिन्छु

प्रधानमन्त्री ओलीले सत्य निरुपण तथा मेलमिलाप आयोग बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्ष सदस्यमापनि सिफारिस समितिबाट प्राप्त प्रतिवेदनका आधारमा क्षमतावान् व्यक्ति नियुक्ति भएको स्पष्ट गर्नुभयो उहाँले एक आयोगकाअध्यक्षलाई मुख्यसचिव हुँदा चिनेको बाहेक अरु पदाधिकारीसँग आफ्नो व्यक्तिगत चिनजान सम्बन्ध नरहेको स्पष्ट गर्नुभयो

प्रधानमन्त्री ओलीले पूर्वयोजनाकारको संस्थाबाट आफ्ना सोच अनुभवको आदानप्रदान होस् भन्ने कामना गर्दै व्यक्तित्व टकरावनगरी संस्थाको दिगोपनाको कामना गर्नुभयो

सम्बन्धित खबर