बिहिवार, असोज ३, २०८१
NayaPaper | अनलाइन पत्रिका

अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगितामा ५ वटा पालिका क्वाटरफाइनलमा प्रवेश

शनिवार, चैत ११, २०७९

बिर्तामोड । शिवसताक्षी नगरपालिका झापा जिल्ला अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिर्तामोड नगरपालिकाको आयोजनामा भइरहेको प्रतियोगिता अन्तर्गत आज शनिबार भएको खेलमा गौरीगञ्ज गाउँपालिकालाई २–० गोल अन्तरले पराजित गर्दै शिवसताक्षी क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको खेलमा शिवसताक्षीलाई जित दिलाउन ९ औं मिनेटमा कविरहाङ योङहाङले पहिलो गोल गरे । २५ औं मिनेटमा शिवसताक्षीका श्रवण मल्लिकले थप एक गोल गरेपछि खेलमा २–०को अग्रता कायम भएको थियो । गौरीगञ्जले भने खेलमा गोल स्कोर गर्न सकेन । २–० शुन्यको हार भोग्दै गौरीगञ्ज प्रतियोगिताबाट बाहिरीएको छ । शिवसताक्षीकालागि दोस्रो गोल कर्ता श्रवण मल्लिक खेलको म्यान अफ दी म्याच चुनीए । उनलाई शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले ट्रफी र नगद २५ सय पुरस्कार प्रदान गर्नुभयो ।
त्यस्तै आजै भएको अर्को खेलमा हल्दीबारी गाउँपालिकाको कर्मचारीको टिमलाई ३–० शुन्य गोल अन्तरले पराजित गर्दै कनकाई नगरपालिकाको कर्मचारीको टिम प्रतियोगिताको कवाटरफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको खेलमा कनकाईलाई जित दिलाउन खेल सुरु भएको छैटौं र ३० औं मिनेटमा डिल्ली बिकले २ गोल गरेका थिए । मनिस भट्टराइले कनकाईकालागि २० औं मिनेटमा थप एक गोल गरेका थिए । खेलमा कनकाईका मनिस भट्टराई म्यान अफ दी म्याच चुनीए । उनलाई शिक्षा उपसचिव पिताम्बर गौतमले ट्रफी र नगद २५ सय पुरस्कार प्रदान गर्नुभएको थियो ।

त्यस्तै आजै भएको अर्को खेलमा भद्रपुर नगरपालिकाको टोलिलाई २–१ गोल अन्तरले पराजित गर्दै गौरादह नगरपालिकाको कर्मचारीको टिम प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको खेलमा गौरादहकालागि खेल सुरु भएको ३ मिनेटमा संजय ताजपुरीया र ४५ औं मिनेटमा विजय मल्लिकले एक–एक गोल गरेका थिए । भद्रपुरकालागि भने खेलको २८ औं मिनेटमा उदय शेर्पाले एक गोल फर्काएका थिए । गौरादहकालागि पहिलो गोल गर्ने संजय ताजपुरीया खेलमा म्यान अफ दी म्याच चुनीए । उनलाई प्रतियोगिताका संयोजक बिर्तामोड नगरपालिकाका खेलकुद तथा शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले ट्रफी र नगद २५ सय पुरस्कार प्रदान गर्नुभएको थियो ।

यस्तै आजै भएको अर्को खेलमा कमल गाउँपालिकालाई टाईब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै मेचीनगर नगरपालिका प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि नतिजाकालागी खेल टाईब्रेकरमा धकेलिएको थियो । टाईब्रेकरमा मेचीनगरका खेलाडीको ४ वटा प्रहार गोलमा परिणत भएको थियो । कमल गाउँपालिकाका खेलाडीले भने ३ गोल मात्रै स्कोर गरेपछि ४–३ गोल अन्तरको पराजय भोगेका थिए । उक्त खेलमा मेचीनगरका गोल रक्षक राज भुजेल म्यान अफ दि म्याच चुनिए । उनलाई शिवसताक्षी नगरपालिकाका मेयर मेगाहाङ थोप्राले ट्रफी र नगद २५ सय पुरस्कार प्रदान गर्नुभयो ।

त्यस्तै आजै भएको प्रि–क्वाटरफाइनलको अन्तिम खेलमा बुद्धशान्ति गाउँपालिकालाई ४–२ गोल अन्तरले पराजित गर्दै दमक नगरपालिका प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । दमककालागि खेल सुरु भएको चौथो मिनेटमा बुद्धाशान्तिका खेलाडीले अन गोल गरेका थिए । उनले गोल पोस्टमा बचाउको प्रयास गर्दा आफ्नै पोस्टमा गोल भएको थियो । त्यस्तै दमककालागि रेवत श्रेष्ठले खेलको १२ औं र १८ औं मिनेटमा २ गोल गरेका थिए । दमकलाई सहजै जित दिलाउन खेलको ४५ औं मिनेटमा विनोद प्रसाईले टिमकालागि चौथो गोल गरे । बुद्धशान्तिका लागि खेल सुरु भएको छौटौं मिनेटमा जिवय राईले एक गोल फर्काएको थिए । उसकालागि ४३ औं मिनेटमा डम्बर चौधरीले दोस्रो गोल गरे । खेलमा दमककालागि दुई गोल गर्ने खेलाडी रेवत श्रेष्ठ म्यान अफ दि म्याच चुनिए । उनलाई बिर्तामोड नगरपालिकाका उपमेयर नगेन्द्रप्रसाद संग्रौलाले ट्रफी र नगद २५ सय पुरस्कार प्रदान गर्नुभयो ।

प्रतियोगिताको विजेताले नगद ६५ हजार र उपविजेताले नगद ४० हजार पुरस्कार पाउने छ ।

सम्बन्धित खबर