मङ्गलवार, फागुन २६, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगितामा ५ वटा पालिका क्वाटरफाइनलमा प्रवेश

शनिवार, चैत ११, २०७९

बिर्तामोड । शिवसताक्षी नगरपालिका झापा जिल्ला अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिर्तामोड नगरपालिकाको आयोजनामा भइरहेको प्रतियोगिता अन्तर्गत आज शनिबार भएको खेलमा गौरीगञ्ज गाउँपालिकालाई २–० गोल अन्तरले पराजित गर्दै शिवसताक्षी क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको खेलमा शिवसताक्षीलाई जित दिलाउन ९ औं मिनेटमा कविरहाङ योङहाङले पहिलो गोल गरे । २५ औं मिनेटमा शिवसताक्षीका श्रवण मल्लिकले थप एक गोल गरेपछि खेलमा २–०को अग्रता कायम भएको थियो । गौरीगञ्जले भने खेलमा गोल स्कोर गर्न सकेन । २–० शुन्यको हार भोग्दै गौरीगञ्ज प्रतियोगिताबाट बाहिरीएको छ । शिवसताक्षीकालागि दोस्रो गोल कर्ता श्रवण मल्लिक खेलको म्यान अफ दी म्याच चुनीए । उनलाई शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले ट्रफी र नगद २५ सय पुरस्कार प्रदान गर्नुभयो ।
त्यस्तै आजै भएको अर्को खेलमा हल्दीबारी गाउँपालिकाको कर्मचारीको टिमलाई ३–० शुन्य गोल अन्तरले पराजित गर्दै कनकाई नगरपालिकाको कर्मचारीको टिम प्रतियोगिताको कवाटरफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको खेलमा कनकाईलाई जित दिलाउन खेल सुरु भएको छैटौं र ३० औं मिनेटमा डिल्ली बिकले २ गोल गरेका थिए । मनिस भट्टराइले कनकाईकालागि २० औं मिनेटमा थप एक गोल गरेका थिए । खेलमा कनकाईका मनिस भट्टराई म्यान अफ दी म्याच चुनीए । उनलाई शिक्षा उपसचिव पिताम्बर गौतमले ट्रफी र नगद २५ सय पुरस्कार प्रदान गर्नुभएको थियो ।

त्यस्तै आजै भएको अर्को खेलमा भद्रपुर नगरपालिकाको टोलिलाई २–१ गोल अन्तरले पराजित गर्दै गौरादह नगरपालिकाको कर्मचारीको टिम प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको खेलमा गौरादहकालागि खेल सुरु भएको ३ मिनेटमा संजय ताजपुरीया र ४५ औं मिनेटमा विजय मल्लिकले एक–एक गोल गरेका थिए । भद्रपुरकालागि भने खेलको २८ औं मिनेटमा उदय शेर्पाले एक गोल फर्काएका थिए । गौरादहकालागि पहिलो गोल गर्ने संजय ताजपुरीया खेलमा म्यान अफ दी म्याच चुनीए । उनलाई प्रतियोगिताका संयोजक बिर्तामोड नगरपालिकाका खेलकुद तथा शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले ट्रफी र नगद २५ सय पुरस्कार प्रदान गर्नुभएको थियो ।

यस्तै आजै भएको अर्को खेलमा कमल गाउँपालिकालाई टाईब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै मेचीनगर नगरपालिका प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि नतिजाकालागी खेल टाईब्रेकरमा धकेलिएको थियो । टाईब्रेकरमा मेचीनगरका खेलाडीको ४ वटा प्रहार गोलमा परिणत भएको थियो । कमल गाउँपालिकाका खेलाडीले भने ३ गोल मात्रै स्कोर गरेपछि ४–३ गोल अन्तरको पराजय भोगेका थिए । उक्त खेलमा मेचीनगरका गोल रक्षक राज भुजेल म्यान अफ दि म्याच चुनिए । उनलाई शिवसताक्षी नगरपालिकाका मेयर मेगाहाङ थोप्राले ट्रफी र नगद २५ सय पुरस्कार प्रदान गर्नुभयो ।

त्यस्तै आजै भएको प्रि–क्वाटरफाइनलको अन्तिम खेलमा बुद्धशान्ति गाउँपालिकालाई ४–२ गोल अन्तरले पराजित गर्दै दमक नगरपालिका प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । दमककालागि खेल सुरु भएको चौथो मिनेटमा बुद्धाशान्तिका खेलाडीले अन गोल गरेका थिए । उनले गोल पोस्टमा बचाउको प्रयास गर्दा आफ्नै पोस्टमा गोल भएको थियो । त्यस्तै दमककालागि रेवत श्रेष्ठले खेलको १२ औं र १८ औं मिनेटमा २ गोल गरेका थिए । दमकलाई सहजै जित दिलाउन खेलको ४५ औं मिनेटमा विनोद प्रसाईले टिमकालागि चौथो गोल गरे । बुद्धशान्तिका लागि खेल सुरु भएको छौटौं मिनेटमा जिवय राईले एक गोल फर्काएको थिए । उसकालागि ४३ औं मिनेटमा डम्बर चौधरीले दोस्रो गोल गरे । खेलमा दमककालागि दुई गोल गर्ने खेलाडी रेवत श्रेष्ठ म्यान अफ दि म्याच चुनिए । उनलाई बिर्तामोड नगरपालिकाका उपमेयर नगेन्द्रप्रसाद संग्रौलाले ट्रफी र नगद २५ सय पुरस्कार प्रदान गर्नुभयो ।

प्रतियोगिताको विजेताले नगद ६५ हजार र उपविजेताले नगद ४० हजार पुरस्कार पाउने छ ।

सम्बन्धित खबर