झापा, २ जेठ: झापाको बुद्धशान्ति गाउँपालिकामा १४ वर्षीया नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
गत बैशाख ३१ गते राति ९ बजे, बुद्धशान्ति गाउँपालिका–४ चिलिमगढी घाटमा, सोही पालिकाको वडा नं. ३, सात नम्बर चोक बसोबास गर्ने १९ वर्षीय समिक घिसिङ तामाङले नाबालिकालाई ललाइफकाई जबरजस्ती करणी गरेको आरोप लागेको हो।
पीडित पक्षले गएराति ८ बजे इलाका प्रहरी कार्यालय धुलाबारीमा जाहेरी दिएपछि, इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले तामाङलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
हाल तामाङलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको छ भने, दुवै जनालाई यौनजन्य स्वास्थ्य परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जानकारी दिएको छ।





