Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
झापामा उत्पादन हुने बायोग्यास घर-घरमा पुर्याउने तयारी
शुक्रवार, जेठ २, २०८२
बिर्तामोड, २ जेठः झापा जिल्लामा उत्पादन हुने बायोग्यासलाई घर-घर पुर्याउने उद्देश्यले सिटी ग्यास पाइपलाइन योजना अघि बढाउन प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बन्धित निकायलाई निर्देशन दिनु भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका पदाधिकारी, नेपाल आयल निगमका उच्च अधिकारी तथा प्राविधिकसँगको छलफलपछि प्रधानमन्त्रीले अध्ययन, लगानी र आवश्यक पूर्वाधार निर्माणमा ढिलाई नगर्न निर्देशन दिनु भएको हो ।
छलफलपछि निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले उपनिर्देशक प्रदीप यादवको नेतृत्वमा टोली झापा पठाइएको जानकारी दिनु भयो ।
टोलीले बायोग्यास प्लान्टको निरीक्षण गरिसकेको छ र एक साताभित्र विस्तृत कार्ययोजना प्रधानमन्त्रीसमक्ष पेश गर्ने छ ।हाल बायोग्यास प्लान्टबाट दैनिक ६५० किलो ग्यास उत्पादन हुने क्षमता भए पनि आवश्यक पूर्वाधारको अभावमा सीमित मात्र प्रयोग भइरहेको छ ।
५० किलो तौलको सिलिन्डरमा जम्मा ६ किलो मात्र ग्यास भर्न सकिने बाध्यताको कारण एउटा स्थानीय होटेलमा खपत भइरहेको छ ।अध्ययनमा पाइपलाइनमार्फत आपूर्ति नै सबैभन्दा प्रभावकारी विकल्प हुने निष्कर्ष निकालिएको छ । बायोग्यास उत्पादन कन्काई, बिर्तामोड र अर्जुनधारा नगरपालिका क्षेत्रका फोहोर र गोबरको प्रयोगबाट भइरहेको छ ।
कन्काई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलका अनुसार प्लान्टले एक हजार घरमा ग्यास पुर्याउने क्षमता राखे पनि प्रयोगमा आउन सकेको छैन । पोखरेलले स्थानीय कृषि बजार र घरायसी फोहोरको व्यवस्थापन गर्दै परियोजना अघि बढाउनु पर्ने आवश्यकतामा जोड दिनु भएको छ ।