बिहिवार, असोज ३, २०८१
NayaPaper | अनलाइन पत्रिका

एमाले मिसन ग्रासरुट अभियान : बिर्तामोड ४ को टोल नम्बर ६ मा जिम्मेवारी बाँडफाँड

शनिवार, चैत ११, २०७९

बिर्तामोड । नेकपा एमालेका नेता कार्यकर्ता मिसन ग्रासरुट अभियानमा सक्रिय बनेका छन् । नेकपा एमाले विर्तामोड ४ को टोल नम्बर ६ मा आज शनिबार भएको बैठकले पार्टी सदस्यता नविकरण र ७ वटा पेशागत तथा जनसंगठनको टोल कमिटी बनाउने निर्णय गरेको छ ।

नेकपा एमाले विर्तामोड ४ को टोल नम्बर ६ मा जिम्मेवारी पाउनु भएका जिल्ला कमिटी सदस्य तथा मिसनका मोटिभेटर पवित्रा पाठक र भिष्मराज खरेल तथा नगर सदस्य दीपा सापकोटा र टोल अध्यक्ष सिमा सिलवाल ढुङ्गानाले टोलको कामलाई व्यवस्थित बनाएर जान तयारी पूरा गरिएको जानकारी दिनुभयो ।

श्रमिकको टोल कमिटी बनाउन प्रदेश कमिटी सदस्य अम्बिर लिङदेनले सहजीकरण गर्ने, बुद्धिजीवीको टोल कमिटी बनाउन जिल्ला सल्लाहकार कमिटी अध्यक्ष नारायण पोखरेलले सहजीकरण गर्ने, विद्यार्थीको टोल कमिटी बनाउन जिल्ला प्रचार विभाग सचिव प्रदिप परियार र अनेरास्ववियु जिल्ला सचिव नारायण पोखरेलले सहजीकरण गर्ने, युवा र खेलाडीको टोल कमिटी बनाउन युवा संघका केन्द्रीय सदस्य तथा विर्तामोड ४ का वडाध्यक्ष राहुल शर्माले सहजीकरण गर्ने, उद्यमी व्यवसायीको टोल कमिटी बनाउन जेष्ठ कम्युनिष्ट मञ्चका जिल्ला सदस्य शिवकुमार अग्रवालले सहजीकरण गर्ने एवम् महिलाको टोल कमिटी बनाउन नगर सदस्य तथा टोल सहजकर्ता दीपा सापकोटा र टोल कमिटी अध्यक्ष सिमा ढुङ्गानाले सहजीकरण गर्ने तयारी गरिएको बताइएको छ ।

टोल कमिटी निर्माण र पार्टी सदस्यता नविकरणपछि टोल अधिबेशन गर्ने तयारी गरिएको वडा कमिटी अध्यक्ष अर्जुन खरेलले जानकारी दिनुभयो । विर्तामोड ४ का सबै टोलमा अभियान तीब्र रुपमा सञ्चालन भइरहेको अध्यक्ष खरेलले बताउनुभयो ।

सम्बन्धित खबर