Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
दमकका पूर्व नगर प्रमुख इन्द्रबहादुर बुढाथोकीको निधन
शनिवार, जेठ ३, २०८२
झापा, ३ जेठ: दमक नगरपालिकाका पूर्व नगर प्रमुख इन्द्रबहादुर बुढाथोकीको आज बिहान निधन भएको छ। ७३ वर्षका बुढाथोकी मिर्गौलासम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो।
उहाँको निधन आज बिहान १०:१० बजे आफ्नै निवासमा भएको पारिवारिक स्रोतले जानकारी दिएको छ। बुढाथोकी विसं २०४९ मा दमक नगरपालिकाको प्रमुखमा निर्वाचित हुनुभएको थियो। उनले दमक क्याम्पसको सञ्चालक समितिको अध्यक्षको रूपमा समेत योगदान दिनुभएको थियो।
राजनीतिक यात्रा प्रारम्भमा नेकपा एमालेबाट सुरु गरेका बुढाथोकी पछिल्लो समय नेकपा (एकीकृत समाजवादी) मा आबद्ध हुँदै पार्टीको केन्द्रीय सदस्यसमेत बन्नुभएको थियो।
उहाँको सम्मानमा अन्त्येष्टिपूर्व दमक नगरपालिकाको आयोजनामा दिउँसो १ बजे श्रद्धाञ्जली सभा गरिने वर्तमान नगर प्रमुख राम थापाले जानकारी दिएका छन्।