Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
शिवसताक्षीमा बाबुद्वारा छोरामाथि खुकुरी प्रहार
शनिवार, जेठ ३, २०८२
झापा, ३ जेठ: झापाको शिवसताक्षी नगरपालिका–३ पाराबारीमा घरायसी विवादका कारण बाबुले आफ्नै छोरामाथि खुकुरी प्रहार गरेका छन्।
शुक्रबार बिहान करिब ७ः१५ बजे ४० वर्षीय मनकुमार तामाङ र उनका १८ वर्षीय छोरा सुसन तामाङबीच विवाद भएपछि मनकुमारले खुकुरी प्रहार गरेका हुन्।
प्रहारबाट सुसनको टाउको र दाहिने खुट्टाको घुँडापछि घाइते भएको र तत्कालै उनलाई उपचारका लागि दमकस्थित निम्स अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रहरीका अनुसार घटनापछि खुकुरीसहित मनकुमार तामाङलाई धरमपुर प्रहरी चौकीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।