आइतवार, असार ८, २०८२
Nayapaper | अनलाइन पत्रिका

अध्यक्ष नेपालद्वारा मदन भण्डारीको योगदानको स्मरण

शनिवार, जेठ ३, २०८२

काठमाडौँ, ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले  कम्युनिष्ट आन्दोलनको विकासक्रमा जननेता मदन भण्डारीको योगदान अतुलनीय रहेको बताउनुभएको छ । 
 
पार्टीले आज यहाँ आयोजना गरेको ३२औँ मदन–आश्रित स्मृति दिवसमा उहाँले देशको प्रजातान्त्रिक एवं कम्युनिष्टआन्दोलनमा नेताद्वयको योगदान अतुलनीय रहेको बताउनुभयो ।  
 
नेता भण्डारीले ‘जनताको बहुदलीय जनवाद’ (जबज) को प्रयोग गरी त्यसलाई लोकप्रिय बनाएको बताउँदै पूर्वप्रधानमन्त्री नेपालले कम्युनिष्ट सिद्धान्तमा जननेता भण्डारी अडिग हुनुहुन्थ्यो भन्नुभयो । कम्युनिष्ट शक्तिलाई एकताबद्ध गर्न जरुरी भएकामा उहाँले जोड दिनुभयो ।
 
पूर्वप्रधानमन्त्री झलनाथ खनालले मदन भण्डारी र जीबराज आश्रितको बलिदानले कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पु¥याएको बताउनुभयो । 
सम्बन्धित खबर