Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.
Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.
Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.
चन्द्रगढीमा अवैध चिरान गरिएको ८३.५२ क्युफिट काठ बरामद
आइतवार, जेठ ४, २०८२
झापा, ४ जेठ: चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिद्वारा अवैध रूपमा चिरान गरिएको ८३.५२ क्युफिट सखुवाको काठ डिभिजन वन कार्यालयले बरामद गरेको छ।
शुक्रवार बेलुका करिब ४:३० बजे चन्द्रगढी सामुदायिक वनको स्वामित्वमा रहेको मिलमा काठ चिरान भैरहेको सूचना पाएपछि वन कार्यालयको टोलीले छापा मारी काठ नियन्त्रणमा लिएको हो।
डिभिजन वन कार्यालयका वन अधिकृत जीवन पाठकका अनुसार, वन समितिले अनुमति प्राप्त कटानी सीमा नाघेर अवैध रूपमा चिरान गरिरहेको अवस्थामा उक्त काठ बरामद गरिएको हो। बरामद काठलाई आवश्यक कारबाही प्रक्रिया अघि बढाउन डिभिजन वन कार्यालयमा ल्याइएको उहाँले जानकारी दिनुभयो।