बिहिवार, मंसिर ६, २०८१
Nayapaper | अनलाइन पत्रिका

सहारा नेपाल साकोस एकीकृत कर्मचारी संगठनको नयाँ नेतृत्व चयन,अध्यक्षमा यादव प्रसाद घिमिरे

आइतवार, चैत १२, २०७९

बिर्तामोड । सहारा नेपाल साकोस एकीकृत कर्मचारी संगठनको दोस्रो महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । संगठनको अध्यक्षमा यादव प्रसाद घिमिरेलाई चयन गर्दै महाधिवेशन सम्पन्न भएको हो ।

शनिवार भएको महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा टेक प्रसाद अधिकारी, उपाध्यक्ष टोम प्रकाश दाहाल, महिला उपाध्यक्षमा रमिता गुरुङ, सचिवमा सालिकराम भट्टराई, कोषाध्यषमा विश्वास निरौला र उपसचिवमा कुल प्रसाद प्रसाईलाई चयन गरेको छ । यस्तै, सदस्यहरुमा युवराज दर्लामी मगर, विशाल निरौला, किशन मुर्मु, भविन्द्र तुम्बापो, रेवती प्रसाद घिमिरे, विष्णु घिमिरे, महिला सदस्यमा अञ्जना श्रेष्ठ र गौरी सुवेदी चयन हुनु भएको छ ।

बिर्तामोडमा भएको महाधिवेशनमा प्रमुख अतिथी कोशी प्रदेशका उधोग कृषि तथा सहकारी मन्त्री भक्ति प्रसाद सिटौलाले सहारा नेपाल सहकारीहरुमध्ये सफल सहकारी भएको बताउनु भयो । उहाँले सहकारी सफल हुनुमा कर्मचारीको भूमिका महत्वपूर्ण भएको बताउनु भयो ।पछिल्लो समय सहकारी क्षेत्रमा समस्या देखिएको भन्दै सचेत भएर कारोवार गर्नुपर्ने  उहाँको धारणा थियो ।

मन्त्री सिटौलाले सहाराले मुलुकमै गर्विलो पहिचान बनाएको भन्दै आवद्ध सबैलाई धन्यवाद समेत दिनु भयो । कार्यक्रममा सहारा नेपालका अध्यक्ष हरि प्रसाद राजवंशीले कर्मचारी र समितिबीच नङ मासुको सम्बन्ध भएकाले सफलता प्राप्त गरेको बताउनु भयो। उहाँले संस्थालाई आम सदस्यहरुप्रति थप सेवामुखी बनाउन कर्मचारीहरुको भूमिका रचनात्मक बन्नुपर्ने धारणा राख्नु भयो।

 

 

 

सम्बन्धित खबर