Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
पाँचथरमा स्तन क्यान्सर परीक्षण शिविर सञ्चालन हुने
सोमवार, जेठ ५, २०८२
फिदिम, ५ जेठ: पाँचथरमा महिलाहरूका लागि स्तन तथा पाठेघरको मुखको क्यान्सर परीक्षण शिविर सञ्चालन हुने भएको छ ।
फिदिम नगरपालिकाको आयोजनामा भक्तपुर क्यान्सर अस्पतालका विशेषज्ञ चिकित्सक तथा प्राविधिकहरूको सहकार्यमा यही जेठ ९ र १० गते पाँचथर अस्पतालमा परीक्षण शिविर सञ्चालन हुने जनाइएको छ ।
गत वर्ष फिदिम नगरपालिकाले सञ्चालन गरेको एचपिभी परीक्षणमा सहभागी करिब एक हजार महिलामध्ये नौ सय ८६ जनामा परिक्षण गर्दा ३७ जनामा पाठेघरको मुखको क्यान्सरको लक्षण भेटिएपछि यस वर्ष थप परीक्षण तथा प्रविधिसहितको शिविर सञ्चालनको तयारी गरिएको हो ।
यो पटक शिविरमा भिडियो एक्स–रे, अल्ट्रासाउण्ड जस्ता सेवा पनि उपलब्ध हुने नगर प्रमुख मित्रप्रसाद काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार शिविरमा दुई हजार महिलाको स्तन क्यान्सर तथा पाठेघरको मुखको क्यान्सर परीक्षण गरिने छ ।
स्वास्थ्य शाखा प्रमुख ओमप्रकाश यादवका अनुसार शिविरमा महिलासँगै पुरुषहरूको समेत स्तन क्यान्सर परीक्षण गरिनेछ ।
यसअघिको अनुभवका आधारमा परीक्षण सेवाको दायरा विस्तार गरिएको बताउँदै नगरपालिकाले शिविरमा सहभागी हुन आम नागरिकलाई आह्वान गरेको छ ।