बिहिवार, असार १२, २०८२
Nayapaper | अनलाइन पत्रिका

नारी सञ्चार गृह झापाको अक्षयकोषमा आर्थिक सहयोग जुट्दै

सोमवार, जेठ ५, २०८२

बिर्तामोड ५ जेठः बहुउद्देश्यीय लक्ष्य राखेर नारी सञ्चार गृह झापाले स्थापना गरेको नारी सञ्चार बहुउद्देश्यीयका साथ स्थापना गरेकोअक्षयकोषमा रकम जुट्ने क्रम जारी  

संस्थाले दोस्रो पटक राखेको लक्ष्य पूरा गरेपनि कोषलाई एक करोड पुर्याउनुपर्ने सुझावसहित दाता महानुभावबाट रकम प्रदान गर्ने क्रमजारी रहेको हो  कोषलाई बृद्धि गर्दै लैजानुपर्ने सुझावसहित जेठ गते बुद्धशान्ति का बालक आयुस  आरोहि रिजालले सहयोग रकम प्रदान गर्नुभएको छ ।

१० वर्षीय आयुसले जन्मोत्सवको अवसर पारेर आफ्नो र बहिनीका नाममा सातहजार पाँचसय रुपैयाँ प्रदान गरेको संस्थाको अक्षयकोष बृद्धि तथा परिचालन समिति संयोजक जोस्ना श्रेष्ठलाई रकम हस्तान्तरण गर्नुभएको हो ।

सो अवसरमा संयोजक श्रेष्ठले रिजाललाई जन्मोत्सवमा राम्रो पढ्न र असल मान्छे बन्न शुभकामना व्यक्त उज्ज्वल भविष्यको कामना गर्नुभयो । २०७५ सालमा स्थापना भएको अक्षयकोष हाल २०८१ सालको चैत मसान्तमा ५० लाख पाँचहजार रुपैयाँ एकमुष्ठ राखेको जानकारी दिनुभयो ।

त्यसपछि पनि रकम जुट्ने क्रम निरन्तर जारी छ । गत जेठ २ गते बिर्तामोडका सामाजिक व्यक्तित्व सुरेस अग्रवाल भद्रपुरेले २१ हजार प्रदान गर्नुभएको थियो।

कोषलाई एक करोड पुर्याउन प्रोत्साहित गर्दै साहारा नेपाल साकोसका निर्देशक महेन्द्र गिरीले कोषमा एकलाख रुपैयाँ प्रदान गर्ने घोषणा गर्नुभएको सञ्चार गृहकी अध्यक्ष रेजिना गौतमले जानकारी दिनुभयो । संस्थाले अक्षयकोषका साथै कोषको लक्ष्य अनुसारका विभिन्न कार्यक्रमहरु समेत गर्दै आएको छ ।

सम्बन्धित खबर