Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
बिर्तामोडमा चैत्र १७ र १८ गते वडा स्तरीय फुटसल प्रतियोगिता हुने
सोमवार, चैत १३, २०७९
झापा । नगर खेलकुद विकास समिति बिर्तामोडको आयोजनामा यहि चैत्र १७ र १८ गते वडा स्तरीय फुटसल प्रतियोगिता आयोजना हुने भएको छ ।
वडा स्तरीय फुटसल प्रतियोगिता बिर्तामोड नगरपालिका वडा नम्बर १ स्थित एफ्सुलेट फुट्सलमा हुने आज पत्रकार सम्मेलन गरी आयोजकले जानकारी गराएको हो ।
फुटसल प्रवद्र्धन तथा खेलाडी उत्पादनका लागि खेल आयोजना गरिएको खेलकुद विकास समिति अध्यक्ष विकास गिरीले जानकारी दिनु भयो ।प्रतियोगितामा १० वटै वडाबाट टिमहरु सहभागी हुने छन् ।
प्रतियोगिताको विजेता र उपविजेताले क्रमश ५० हजार र २५ हजार रुपैयां मेडल, ट्रफी, प्रमाण पत्र प्राप्त गर्नेछन् भने म्यान अफ द म्याच ९ जनालाई जनही २ हजार एक सय रुपैयाँ नगद पुरस्कार र मेडल ट्रफी, प्रमाण पत्र प्राप्त गर्ने जनाइएको छ ।
यस्तै बेष्ट प्लेयरलाई नगद २ हजार एक सय रुपैयां, मेडल, ट्रफी, प्रमाण पत्र प्रदान गरिने जनाईएको छ ।