बिहिवार, असोज ३, २०८१
NayaPaper | अनलाइन पत्रिका

बिर्तामोडमा चैत्र १७ र १८ गते वडा स्तरीय फुटसल प्रतियोगिता हुने

सोमवार, चैत १३, २०७९

झापा । नगर खेलकुद विकास समिति बिर्तामोडको आयोजनामा यहि चैत्र १७ र १८ गते वडा स्तरीय फुटसल प्रतियोगिता आयोजना हुने भएको छ ।
वडा स्तरीय फुटसल प्रतियोगिता बिर्तामोड नगरपालिका वडा नम्बर १ स्थित एफ्सुलेट फुट्सलमा हुने आज पत्रकार सम्मेलन गरी आयोजकले जानकारी गराएको हो ।
फुटसल प्रवद्र्धन तथा खेलाडी उत्पादनका लागि खेल आयोजना गरिएको खेलकुद विकास समिति अध्यक्ष विकास गिरीले जानकारी दिनु भयो ।प्रतियोगितामा १० वटै वडाबाट टिमहरु सहभागी हुने छन् ।
प्रतियोगिताको विजेता र उपविजेताले क्रमश ५० हजार र २५ हजार रुपैयां मेडल, ट्रफी, प्रमाण पत्र प्राप्त गर्नेछन् भने म्यान अफ द म्याच ९ जनालाई जनही २ हजार एक सय रुपैयाँ नगद पुरस्कार र मेडल ट्रफी, प्रमाण पत्र प्राप्त गर्ने जनाइएको छ ।
यस्तै बेष्ट प्लेयरलाई नगद २ हजार एक सय रुपैयां, मेडल, ट्रफी, प्रमाण पत्र प्रदान गरिने जनाईएको छ ।

सम्बन्धित खबर