सोमवार, चैत २, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

सडक आयोजना समयमै सम्पन्न गर्न सभामुखको ताकेता

मङ्गलवार, चैत १४, २०७९

बिर्तामोड । सभामुख देवराज घिमिरेले झापाका रणनीतिक महत्वका सडकहरुलाई समयमा नै निर्माण सम्पन्न गर्न पहल गर्नुभएको छ ।
पटक–पटक म्याद थप गर्दै निर्माण सम्पन्न नभएका सडक आयोजनालाई पूरा गर्न सभामुखले सडक विभागका अधिकारीहरुसँग ताकेता गर्नुभएको थियो । सडक डिभिजन कार्यालय दमकका प्रमुख सुरेश पौडेलका अनुसार सभामुखले चासो लिनुभएका चारमध्ये तीन सडकको काम तोकिएकै समयमा पूरा हुने बताउनुभयो । ‘बिर्तामोड–कप्तानबारी सडकको म्याद अझै एक वर्ष बाँकी छ,’ उहाँले भन्नुभयो, ‘बाँकी तीन वटा सडक भने असार मसान्तसम्म पूरा हुने गरी गृहकार्य गरेका छौं ।’
सडक डिभिजन कार्यालय दमकका प्रमुख सुरेश पौडेललाई सभामुख घिमिरेले रकमको अभाव हुन नदिने बताउँदै निर्माणाधिन सडक पूरा गर्न निर्देशन दिनुभएको थियो । ‘मन्त्रालय र विभागमा म पनि समन्वय गर्छु,’ उहाँको भनाइ थियो, ‘काम पूरा गर्न तपाईंहरुको भूमिका हुनुपर्छ ।’ पौडेलले पनि ठेकेदार कम्पनीलाई आज छलफलका लागि बोलाइएको जानकारी दिँदै अब कि सडक पूरा गर्न नत्र कारबाहीका लागि तयार हुन सूचित गरिसकेका छौं ।


चैत ८ गते झापा पुग्नुभएका सभामुख घिमिरेले बिर्तामोड–कप्तानबारी सडकको स्थलगत अवलोकनसमेत गर्नुभएको थियो । उहाँले जनप्रतिनिधि र स्थानीयबासीसँग भेट गर्दै सडक लगायतका भौतिक पूर्वाधारको अवस्थाबारे जानकारी लिनुभएको थियो ।
सभामुख घिमिरेले सैनिकमोड–गोलधाप सडक, शनिश्चरे–जयपुर सडक, बिर्तामोड–चन्द्रगढी सडक र बिर्तामोड–कप्तानबारी सडक असार मसान्तसम्म पूरा गर्न निर्देशन दिनुभएको थियो ।

सैनिकमोड–गोलधाप सडक रकम अभावले रोकिए पनि सोमबार मात्रै रकमान्तर भएर पैसा आएको छ । ‘सभामुखज्यूले जसरी अभिभावकत्व निर्वाह गर्नुभएको छ, त्यसले हामीलाई ऊर्जा प्रदान गरेको छ, अब पैसाको समस्या छैन,’ उहाँले भन्नुभयो, ‘नाला खन्ने लगायतका संरचना बनेका छन्, बाँकी काम पनि पूरा गर्छौं ।’
शनिश्चरे–जयपुर सडकमा पनि ह्युमपाइप हाल्ने काम वैशाख १५ मा सकिने डिभिजन सडक प्रमुख पौडेलले जानकारी दिनुभयो । ‘सडकको म्याद असार मसान्तसम्म छ,’ उहाँले भन्नुभयो, ‘बाँकी काम पुरा गर्न हामीले ताकेका गरिरहेका छौं ।’
बिर्तामोड–चन्द्रगढी सडकमध्ये बिर्तामोड देउनिया पुलसम्मको ८ किलोमिटर सडकको काम यही आर्थिक वर्षभित्र पूरा गर्ने निर्माण कम्पनी कन्टेक प्रा.लि.ले प्रतिबद्धता जनाएको छ । ‘सडक निर्माण ढिला भयो । द्रुत गतिमा लिएर जानुपर्यो भन्ने सभामुखज्यूको निर्देशन थियो,’ पौडेलले भन्नुभयो, ‘ठेक्का सम्झौताभित्र रहेर प्रयास गरेका छौं । विशेष योजना बनाएरै काम गरिरहेका छौं ।’

सम्बन्धित खबर