Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
बेलडाँगी शरणार्थी शिविरबाट खैरो हेरोइनसहित दुई जना पक्राउ
बुधवार, जेठ १४, २०८२
झापा, १४ जेठ : झापाको दमक नगरपालिका–३ स्थित बेलडाँगी भुटानी शरणार्थी शिविरबाट मंगलबार राति लागुऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको बिहार राज्यको पुर्निया जिल्ला नगानिगम पुर्निया सिटी वडा नं. ३४ का ३६ वर्षीय मनिषकुमार गुप्ता र दमक–३ बेलडाँगी भुटानी शरणार्थी शिविर सेक्टर डी १ हट नं. १०१ का २९ वर्षीय किरण राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।
मंगलबार राति दमक–३ बेलडाँगी भुटानी शरणार्थी शिविर सेक्टर डी १ हट नं. १०१ स्थित घरमा लागुऔषध खैरो हेरोइनको कारोबार भइरहेको छ भन्ने सूचनाको आधारमा प्रहरी चौकी बाघखोरबाट खटिएको राईको घर कोठाभित्र शंकास्पद अवस्थामा बसिरहेको गुप्ताले लगाएको पाइन्टको गोजीमा लुकाएर राखेको अवस्थामा प्लाष्टिकबाहेक ८ ग्राम खैरो हेरोइन बरामद गरिएको प्रवक्ता खड्काले बताउनुभयो ।
लागुऔषधसहित पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय दमकमा ल्याएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।