सोमवार, असार १६, २०८२
Nayapaper | अनलाइन पत्रिका

बेलडाँगी शरणार्थी शिविरबाट खैरो हेरोइनसहित दुई जना पक्राउ

बुधवार, जेठ १४, २०८२

झापा, १४ जेठ : झापाको दमक नगरपालिका–३ स्थित बेलडाँगी भुटानी शरणार्थी शिविरबाट मंगलबार राति लागुऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको बिहार राज्यको पुर्निया जिल्ला नगानिगम पुर्निया सिटी वडा नं. ३४ का ३६ वर्षीय मनिषकुमार गुप्ता र दमक–३ बेलडाँगी भुटानी शरणार्थी शिविर सेक्टर डी १ हट नं. १०१ का २९ वर्षीय किरण राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

मंगलबार राति दमक–३ बेलडाँगी भुटानी शरणार्थी शिविर सेक्टर डी १ हट नं. १०१ स्थित घरमा लागुऔषध खैरो हेरोइनको कारोबार भइरहेको छ भन्ने सूचनाको आधारमा प्रहरी चौकी बाघखोरबाट खटिएको राईको घर कोठाभित्र शंकास्पद अवस्थामा बसिरहेको गुप्ताले लगाएको पाइन्टको गोजीमा लुकाएर राखेको अवस्थामा प्लाष्टिकबाहेक ८ ग्राम खैरो हेरोइन बरामद गरिएको प्रवक्ता खड्काले बताउनुभयो ।

लागुऔषधसहित पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय दमकमा ल्याएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित खबर