Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
कोशी प्रदेशसभा बैठक: विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी
बुधवार, जेठ १४, २०८२
विराटनगर, १४ जेठः कोशी प्रदेशसभाको आजको बैठकमा ‘कोशी प्रदेश विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता, २०८२’ माथिको छलफलले निरन्तरता पाएको छ ।
छलफलमा कोशी प्रदेशसभा सदस्य राजन किराँती र निरन राईसहित ११ जना सदस्य बोल्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका उपसचिव गौतम अमात्यले जानकारी दिनुभयो । उहाँहरुले छलफलको क्रममा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई मूर्तरुप दिन विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताबाट बन्ने बजेट आम नागरिकलाई अनुभूति गर्ने किसिमको हुनुपर्छ भन्नुभयो ।
उहाँहरुले बजेटमा प्रदेशसभाका सदस्यहरुको ९० प्रतिशत योजनालाई समावेश गर्नुपर्ने, जनताको जीवनस्तर सुधार्ने किसिमको हुनुपर्ने, भौतिक पूर्वाधारको विकाससँगै मानवीय विकासमा जोड दिनुपर्ने सुझाव दिनुभएको छ ।
विशेष समय
नेपाल कम्युनिष्ट पार्टी(एमाले) संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिंथेपले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई परिवर्तन गर्न कसैले पनि नसक्ने बताउनुभयो । उहाँले अहिलेको परिवेशमा सबैले आफूलाई सच्याउँदै लैजानुपर्ने धारणा राख्दै सरकार सुशासन र सेवा प्रवाहको क्षेत्रमा लागि पर्नुपर्ने विचार राख्नुभयो ।
यसैगरी,बैठकको शून्य समयमा गोम्बु शेर्पा, प्रदीपकुमार सुनवार, रामकुमार खत्री, कमला दर्नाल र किशोरचन्द्र दुलालले बोल्नुभएको थियो ।