मङ्गलवार, फागुन ५, २०८२
Nayapaper | अनलाइन पत्रिका

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

बिर्तामोड नगरपालिकाद्वारा करदाता शिक्षा प्रदान, समयमै कर तिर्न नगर उपप्रमुखको आग्रह

बुधवार, जेठ १४, २०८२

बिर्तामोड, १४ जेठ : बिर्तामोड नगरपालिकाका नगर उप प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले करका विषयमा खबरदारी गर्न आग्रह गर्नु भएको छ ।
नगरपालिकाले बुधबार (आज) आयोजना गरेको करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले आफुले तिरेको कर सहि सदुपयोग भएको छ कि छैन भन्ने विषयमा नागरिकले खबरदारी गर्नु पर्ने बताउनु भएको हो। कार्यक्रममा बोल्दै नगर उप प्रमुख संग्रौलाले समयमा कर तिर्न सबैलाई आग्रहसमेत गर्नु भयो ।

यसैगरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले करले समग्र नगरको विकासमा योगदान पुर्याएको धारणा राख्नु भयो । नगरपालिकालाई आगामी दिनमा अझै सवल र सक्षम बनाएर लैजाने प्रतिवद्दता व्यक्त गर्दै उहाँले नागरिकबाट उठेको कर के कस्ता कार्यमा खर्च भईरहेको छ भन्ने कुराको जानकारी गराउनका लागि पनि करदाता शिक्षा कार्यक्रम आयोजना गरिएको बताउनु भयो । यस्तै बिर्तामोड उद्योग वाणिज्य संघका कोषाध्यक्ष युवराज निरौलाले नगरपालिकाले आयोजना गरेको कर शिक्षा कार्यक्रम प्रभावकारी रहेको बताउनु भयो ।उहाँले व्यवसायीको हितको लागि नगरपालिकाले निर्धारण गरेको करको दरलाई आगामी नीति कार्यक्रममा पुनर्मूल्याङ्कन गर्न आग्रह गर्नु भयो।

कार्यक्रममा आन्तरिक राजस्व कार्यालय भद्रपुरका कर अधिकृत डोरराज सुनुवार र बिर्तामोड नगरपालिकाका राजस्व शाखा प्रमुख पदमराज घिमिरेले नगरपालिकाको आर्थिक ऐन, सरकारी कर राजश्वका क्षेत्र, करका किसिम, स्थानीय तहले लगाउने कर, दण्ड जरिवाना, राजस्वका सिद्धान्त, स्थानीय र संघिय कर लगायतका विषयमा प्रशिक्षण दिनु भएको थियो ।नगरपालिकाले यस अघि वडा नम्बर १ र ५ मा यस प्रकारको कार्यक्रम सञ्चालन गरेको थियो । अन्तरक्रिया कार्यक्रममा कार्यपालिका सदस्य सिता ढुंगाना, निर्मलादेवि सुनार, वडा नम्बर ३ का वडासदस्य हरि बाँस्कोटा, वडा नम्बर ४ का वडासदस्य केशव श्रेष्ठ, रमादेवि राजवंशीलगायत १ सय २५ जना भन्दा बढीको सहभागिता रहेको थियो ।

सम्बन्धित खबर