सोमवार, चैत २, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

रङ्गमञ्चमा रेखाको इन्ट्री

बिहिवार, जेठ १५, २०८२

काठमाडौंँ, १५ जेठः करिब एक महिनादेखि नेपाली सिने उद्योगकी पहिलो महिला सुपरस्टार रेखा थापा झण्डै साढे दुई दशकदेखि आफू व्यस्त रहेको क्षेत्रभन्दा फरक अवस्थामा आफ्नो दैनिक चारदेखि पाँच घण्टा व्यतित गरिरहनुभएको छ । ‘हिरो’ फिल्मबाट नेपाली रजतपटमा डेब्यू भएकी ‘स्टार’ अहिले ठूलो पर्दाको आकाशबाट नाटकको धर्तीमा आफूलाई अभ्यस्त गराइरहनुभएको छ । अर्थात उहाँ आफ्नो अभिनय करियरमा पहिलोपटक मञ्चमा मञ्चित हुनुहुँदैछ ।
 
कान्तिपुर थिएटर, गैरीधारामा आज जेठ १५ गते पहिलोपटक दीपक सिंजाली लिखित तथा सुन्दर धिताल निर्देशित ‘मीरा’बाट डेब्यू हुन लागेको संयोग सुनाउँदा उहाँ केही कौतुहलतासहितको एउटा फरक उत्साह अनुभूत गरिरहनु भएको छ । नाटकका लागि केही वर्षअघि दुईवटा नाटक गर्ने प्रस्ताव आएको थियो । त्यो लकडाउनको सेरोफेरोमा आएको प्रस्ताव थियो । तर आफ्नो व्यस्त दैनिकीले नाटकका लागि दिनुपर्ने एक डेढ महिनाको समय उहाँका लागि त्यतिबेला सम्भव थिएन, त्योसँगै उहाँलाई नाटकमा गर्छु वा गर्ने भन्ने आत्मविश्वास पनि नभएको उहाँले बताउनुभयो ।
 
‘रिहर्सल अनि दैनिक मञ्चनजस्ता कुरा मेरा लागि फरक संसार जस्तो कुरा थियो । समय व्यवस्थापनमा नै समस्या देखेकाले मैले त्यतिबेला चासो दिइन’, उहाँले भन्नुभयो । तर यसपटक कसरी उहाँको मञ्च उक्लने कुरा सम्भव भयो त ? यो सम्भव गराउने काम कान्तिपुर फिल्म एकेडेमी तथा कान्तिपुर थिएटरका संचालक प्रकाश पुरीको मुख्य हात रहेको उहाँको भनाइ छ ।
 
पुरीले स्क्रिप्ट राइटरका रूपमा रेखा फिल्म्सबाट नै डेब्यू गर्नुभएको हो । ‘प्रकाशले नाटकघर सञ्चालन गर्न लाग्नुभएको र म आफैँले उहाँको क्षमता देखेर डेब्यूसमेत गराएकाले उहाँमाथिको विश्वास र समय संयोजन गर्न सक्ने दुबै संयोग मिलेकाले नाटक गर्ने निर्णय गरें’, उहाँले भन्नुभयो । उहाँलाई यतिले मात्र नभई ‘मीरा’ उपन्यासको कथाले पनि बलियो गरी आकर्षण ग¥यो ।
 
‘कथा सुनेपछि १५ दिन ‘मीरा’को जीवन एकपटक जिएर हेरौंँ न भनेर हो । मीरा एउटा सच्चा क्रान्तिकारी हो । ऊ भावुक पनि छ । समाज र परिवारका बन्धनले उसलाई कसरी भित्रभित्र खाइरहेको छ र त्यो कुरालाई ऊ कसरी सामना गर्छे भन्ने कुराले मलाई मञ्चमा ‘मीरा’ हुन मन लाग्यो’, उहाँले भन्नुभयो । थापाका अनुसार प्रेमका विभिन्न प्रकारहरू देखिने र तिनमा समाजका विविध कुराको प्रभाव र असर पर्ने गरेको छ । प्रेममा जातका कुरा, समुदायका कुरा, आर्थिक वर्गका कुरा, समाजका कुरा तथा दुई परिवारका द्वन्द्वलगायतका कुराहरूले प्रभाव पार्ने उहाँ बताउनुहुन्छ ।
 
मीरा’ नाटकमा यसकी शीर्षक पात्र ‘मीरा’को प्रेमकथा हामीले आमरूपमा सोच्दै–हेर्दै–देख्दै–पढ्दै आएको प्रेमकथाहरूभन्दा फरक भएको उहाँको भनाइ छ । ‘एउटा यस्तो फरक प्रेमकथा छ, जुन तपाईं हामीले झट्टै सोचिहाल्ने वा अनुमान गरिहाल्ने किसिमको छैन । त्यो प्रेमकथामा वास्तविक जीवनकी रेखा थापा थियो भने त्यही प्रकारको विद्रोह गर्न सक्थी ? के उसले त्यो प्रेम गर्न सक्थी ? कसलाई छनोट गर्थी होला ? समाज, परिवार, प्रेमी या प्रेममा कृष्णकी मीराझैँ हुन्थी ? यस्ता प्रश्नको उत्तर यो नाटकमा छ’, उहाँले भन्नुभयो ।
 
त्यसैगरी थापाले आफूलाई एउटा विद्रोही अभिनेत्रीका रूपमा हेरिने भए पनि आफूमा ‘मीरा’ पात्रको झैँ विद्रोही नभएको बताउनुभयो । ‘प्रेमको मामिलामा त मैले विद्रोह नै गर्न पाइन । समाजसँग जुन विद्रोह गर्ने रेखा थापा छ, अन्याय अत्याचारविरुद्ध, पात्र त्यस्तै हो तर मीरा अझ बढी सशक्त र विद्रोही हो’, उहाँले भन्नुभयो ।
 
यसैगरी नाटकको अभिनय र सिनेमाको अभिनय दुबै अभिनय नै भए तापनि थापाको एक महिनाको अनुभवले उहाँ यसलाई बिना एक्सन–कटको फिल्म मान्नुहुन्छ । ‘दुबैमा प्रयोग हुने त अभिनयका नवरस नै हुन्, तर यसमा एक्सन–कट, टेक–रिटेक भन्ने हुन्न । रिहर्सल पढाइ हो भने मञ्चन त्यसको परीक्षा जहाँ उत्कृष्ट हुनु जरुरी छ, जस्ट पास भन्ने नै हुँदैन’, उहाँले भन्नुभयो, ‘दर्शकसँग प्रत्यक्ष रहेर गर्ने काम हो । म मेरो पात्रमा सजीव हुनुपर्छ । यसमा भेटेको फरक भनेको शुद्धता, किनकि यसमा एडिटिङ भन्ने हुन्न, भ्वाइस डब भन्ने हुन्न, अलिकति ठूलो स्वरमा बोल्नुपर्छ । एउटै रफ्तारमा बहनुपर्छ ।’
 
नाटकलाई लिएर उहाँ अहिले आत्मविश्वासमा हुनुहुन्छ भने यो महिना दिनको अवधिले उहाँलाई ‘हिरो’ फिल्मबाट डेब्यू हुनुअघिको तयारीका दिनहरूको सम्झना गराइरहेको स्मरण गर्नुभयो । ‘जीवनमा म दोस्रोपटक यसरी अभ्यास गरिरहेकी छु । ‘हिरो’ फिल्ममा डेब्यू हुने भएपछि १६ वर्षकी रेखा थापाले नृत्य र अभिनयको प्रशिक्षण लिएको सम्झना मलाई यतिखेर भइरहेको छ । विश्व बस्नेत (अन्याय फिल्मका नायक) ले अभिनय सिकाउनुहुन्थ्यो भने कमल राईले नृत्यको अभ्यास गराउनुहुन्थ्यो । आज २४ वर्षपछि म फेरि १८ वर्षकी मीरा हुने अभ्यास गरिरहेकी छु । यसमा दुईवटा मीरा छन्– एउटा १७–१८ वर्षकी र अर्को ३५–३६ वर्षकी । मलाई अहिलेको अभ्यासले पहिलाकै ऊर्जा बोकेकी रेखा थापा भएको अनुभव भइराखेको छ । अभ्यास गरिरहँदा पहिलो फिल्ममा डेब्यू गर्दाको अनुभव अहिले मलाई भइरहेको छ ।’
 
यस्तै, सिनेमामा अभिनय गर्ने रेखा र अब नाटकमा देखिने अभिनेत्री रेखामा फरक अनुभव गरिरहेको उहाँले बताउनुभयो । ‘यहाँ अझ बढी राम्रोसँग अभिनय गर्न पाइन्छ । एक्सन–कट हुँदैन, पात्रको संवेगसँग बग्नुपर्छ । एउटा लयमा बग्न पाइन्छ । अझ राम्रो प्रस्तुति ‘मीरा’मा हुनेछ भन्ने मेरो विश्वास छ’, उहाँले भन्नुभयो । आगामी दिनमा नाटकमा पुनः रेखा थापा मञ्चित हुने–नहुने कुरा आफूलाई आउने नाटकका प्रस्तावमा भर पर्ने उहाँले बताउनुभयो । समय जुर्दा आगामी दिनमा राम्रा कथा भएका नाटकलाई स्वीकार गर्ने उहाँको भनाइ छ । ‘मेरा लागि रङ्गमञ्च होस् या सिनेमा, अभिनय उत्तिकै सम्मानीत र प्रगाढ भएर बसेको छ । त्यसैले नाटकका लागि भविष्यमा पनि म खुला नै हुनेछु’, उहाँले भन्नुभयो ।
 
एक महिने नाटक जीवनपछि थापाको नजरमा नाटक एउटा साधना र ध्यानजस्तो भएको अनुभव हुन गएको छ । अब रेखा १५ गतेको पर्खाइमा हुनुहुन्छ । त्यतिखेर दर्शकका लागि आफू एउटा ‘सरप्राइज’ बनेर आउनेमा ढुक्क हुनुहुन्छ । यो नाटकले थापालाई धेरै उत्साह भरेको छ । उहाँ यो नाटकलाई मञ्चबाट बाहिर लाने सोचमा पनि रहनुभएको छ । ‘हुनसक्छ यो सिनेमा नै बन्नेछ, तर त्यो नभएमा सिरिजका रूपमा निश्चित रूपमा आउनेछ । मैले यसका लागि निर्देशक सुन्दर धितालसँग कुरा गरिराखेकी छु ।’
 
कुराकानीका क्रममा साथै रहेका निर्देशक सुन्दर धितालले सुरुमा नाटकका लागि प्रस्ताव गर्न केही हिच्किचाएको भए पनि प्रस्ताव गरिसकेपछि अभिनेत्री थापालाई पूर्ण रूपमा एउटा निर्देशकको कलाकारका रूपमा भेटेको सुनाउनुहुन्छ । निर्देशकका कलाकारका रूपमा उपस्थित भएकाले थापालाई नाटक गराउन सहज भएको र आफूले चाहेको आकारमा नै उहाँले बताउनुभयो । ‘मलाई उहाँसम्म पुग्न कठिन थियो सुरुमा, तर कान्तिपुर एकेडेमीमा आएर प्रकाश सरसँग कुरा गरेपछि सरले म उपन्यास पढ्छु भन्नुभयो । उहाँले “दिदी पनि बगाले थापा हो र पात्र पनि, एकपटक कुरा गर्ने हो” भन्नुभयो । अनि उहाँलाई सोधियो, उहाँले सुन्छु भन्नुभयो । उहाँले मन पराउनुभयो र गर्न तयार हुनुभयो । तर सुरुमा मलाई यो चिज असम्भव लागिरहेको थियो’, उहाँले भन्नुभयो । नाटक जेठ १५ गते बिहीबारबाट असार ७ गतेसम्म प्रत्येक दिन बुधबार बाहेक ५ः३० बजे मञ्चन हुनेछ ।
सम्बन्धित खबर