बिर्तामोड, १५ जेठः बहुउदेश्यीय लक्ष्य राखेर स्थापना गरिएको नारी सञ्चार गृह झापाको अक्षयकोषमा दाताहरूबाट सहयोग जुट्ने क्रम जारी छ ।
सामाजिक अभियन्ता तथा ए .वी .सी नेपाल झापाकी अध्यक्ष कंचना ढकाल सिटौला र मानव अधिकारका लागि महिला एकल महिला झापाकी अध्यक्ष रेखा अधिकारीले सञ्चार गृहको अक्षयकोषमा सहयोग प्रदान गर्नुभएको छ ।
अभियन्ता सिटौलाले पाँच हजार पाँचसय रुपैयाँ र अधिकारीले पाँच हजार रुपैया अक्षयकोषमा सहयोग प्रदान गर्नु भएको हो ।
उक्त सहयोग हस्तान्तरण कार्यक्रममा संस्थाकी अध्यक्ष रेजिना गौतम, अक्षयकोष वृद्धि तथा परिचालन समिति संयोजक जोस्ना श्रेष्ठ, कोषाध्यक्ष स्वस्तिका आचार्य सिटौला र कार्य समिति सदस्य बिनिसा गौतम, सामाजिक व्यक्तित्व होम सिटोला लगायतको उपस्थिति रहेको थियो ।
२०७५ सालमा प्रारम्भिक लक्ष्य पच्चीस लाख रूपैया राखेर शुरु गरिएको संस्थाको अक्षयकोषमा हाल पचास लाख ,पाँच हजार पाँचसय पचपन्न रुपैया जम्मा भइसकेको छ भने दाताहरूबाट कोषमा एक करोड रुपैयाँ पुरयाउन पर्ने सुझाव सहित सहयोग जुटिरहेको छ ।
कोषमा देउसी भैलो कार्यक्रम, आफ्नो जन्मोत्सव, विवाह समारोह , बर्षगाठको अवसरमा दाताहरुबाट सहयोग जुट्दै आएको छ ।
अक्षयकोष व्याजबाट संस्थाका सदस्यहरू क्षमता अभिवृद्धिका निम्ति तालिमहरु सगै समाजमा सचेतना मूलक कार्यक्रमहरू संचालन गर्ने संस्थाको उदेश्य रहेको संस्थाकी अध्यक्ष रेजिना गौतमले जानकारी दिनुभयो।




