Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
संचार गृहको अक्षयकोषमा सिटौला र अधिकारीको सहयोग
बिहिवार, जेठ १५, २०८२
बिर्तामोड, १५ जेठः बहुउदेश्यीय लक्ष्य राखेर स्थापना गरिएको नारी सञ्चार गृह झापाको अक्षयकोषमा दाताहरूबाट सहयोग जुट्ने क्रम जारी छ ।
सामाजिक अभियन्ता तथा ए .वी .सी नेपाल झापाकी अध्यक्ष कंचना ढकाल सिटौला र मानव अधिकारका लागि महिला एकल महिला झापाकी अध्यक्ष रेखा अधिकारीले सञ्चार गृहको अक्षयकोषमा सहयोग प्रदान गर्नुभएको छ ।
अभियन्ता सिटौलाले पाँच हजार पाँचसय रुपैयाँ र अधिकारीले पाँच हजार रुपैया अक्षयकोषमा सहयोग प्रदान गर्नु भएको हो ।
उक्त सहयोग हस्तान्तरण कार्यक्रममा संस्थाकी अध्यक्ष रेजिना गौतम, अक्षयकोष वृद्धि तथा परिचालन समिति संयोजक जोस्ना श्रेष्ठ, कोषाध्यक्ष स्वस्तिका आचार्य सिटौला र कार्य समिति सदस्य बिनिसा गौतम, सामाजिक व्यक्तित्व होम सिटोला लगायतको उपस्थिति रहेको थियो ।
२०७५ सालमा प्रारम्भिक लक्ष्य पच्चीस लाख रूपैया राखेर शुरु गरिएको संस्थाको अक्षयकोषमा हाल पचास लाख ,पाँच हजार पाँचसय पचपन्न रुपैया जम्मा भइसकेको छ भने दाताहरूबाट कोषमा एक करोड रुपैयाँ पुरयाउन पर्ने सुझाव सहित सहयोग जुटिरहेको छ ।
कोषमा देउसी भैलो कार्यक्रम, आफ्नो जन्मोत्सव, विवाह समारोह , बर्षगाठको अवसरमा दाताहरुबाट सहयोग जुट्दै आएको छ ।
अक्षयकोष व्याजबाट संस्थाका सदस्यहरू क्षमता अभिवृद्धिका निम्ति तालिमहरु सगै समाजमा सचेतना मूलक कार्यक्रमहरू संचालन गर्ने संस्थाको उदेश्य रहेको संस्थाकी अध्यक्ष रेजिना गौतमले जानकारी दिनुभयो।