Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
सरकारले ल्याएको बजेटले विद्यमान समस्या समाधानमा जोड दिने: शंकर पोखरेल
शुक्रवार, जेठ १६, २०८२
काठमाडौं, १६ जेठ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले संघीय सरकारले हिजो ल्याएको बजेट तथा कार्यक्रमले विद्यमान समस्या समाधानमा जोड दिएको बताउनुभएको छ ।
सरकारले स्टार्टअप व्यवसायलाई कर नलगाउने गरी ल्याएको बजेट तथा कार्यक्रमले युवालाई देशमा नै केही गर्न प्रेरित गरेको उहाँको धारणा छ । सरकारले ल्याएको आउने आर्थिक वर्षको बजेट तथा कार्यक्रममा १० करोडसम्मको आर्थिक कारोबार गर्ने स्टार्टअप व्यवसायलाई ५ वर्षसम्म आयकर नलाग्ने घोषणा गरेको छ ।
‘बजेट समस्या केन्द्रित समाधानको प्रयासमा, युवाहरू अब देशमै केही गर्न अग्रसर होऊ, हाम्रो देश हामीले नबनाएर अरू कसैले बनाइदिने होइन, त्यसैले भनौँ: म बनाउँछु मेरो देश नेपाल’, सामाजिक सञ्जाल फेसबुकमा पोखरेलले लेख्नु भएको छ ।