मङ्गलवार, फागुन २६, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

चरम आर्थिक मन्दी र चर्को बैंक ब्याज दरको मर्कामा ब्यवसायी

बुधवार, चैत १५, २०७९

झापा । नेपालका बैंक तथा बित्तीय संस्थाहरुले लगानी गरेको कर्जाको ब्याजमा दोब्बरले बृद्धि गरिएको छ ।
कोभिड –१९ पछि थलिएको ब्यापार/ब्यवसाय धरासायी बनेको छ । चरम आर्थिक मन्दी, चर्को बैंक ब्याज दरको मर्कामा परेका उद्यमी/ब्यवसायीले आत्मदाह, आत्महत्या गरिरहेका छन् । ७/८ प्रतिशतमा लिएको ब्याज बढाएर बैंकहरुले १५/१६ प्रतिशत पुर्याएका छन् । सबै ब्यवसाय घाटामा छन, तर बैंकले जसरी पनि नाफा कमाउनै पर्ने लक्ष भएका कारण मानिसहरुको घरबास उठीबास लाग्दै गएको छ ।

ब्यापार, ब्यवसाय गरेर पैसा कमाउने, परिवारको खर्च र छोरा–छोरीको पठन–पाठन सहज बनाउन ऋण लिएकाहरु कर्जाको किस्ता र ब्याज तिर्न नसकेर झन् गरीब बन्दै गएका छन् । कतिको घरबार उजाडियो, कतिको उठिबास नै लागिसक्यो ।

शेयर बजारमा लगानी गरेका र ३२०० को उच्च बिन्दूमा किनेर बसेकाहरुको त कतिपय स्टकमा बैंकको ब्याजसमेत जोड्दा ८५ प्रतिशत सम्मको नोक्सानी/घाटा ब्यहोर्नु परिरहेको छ । मुट्ठीभर सेण्डिकेटवाला (इन्साइडर ट्रेडिङ्ग गर्ने) माफियाहरुको चँगुलमा रुमल्लिएको छ नेपालको शेयर बजार । बेच्नुछ भने आफ्नै परिवारको शेयर एउटा ब्रोकर कम्पनीबाट १०/१० कित्ताका दरले सर्किट लगाउँदै बेच्यो । अर्को ब्रोकरबाट त्यही परिवारका सदस्यले अर्को डिम्याट एकाउण्टबाट किन्यो । यस्तोमा कित्ता जतिको त्यति नै हुन्छ, मात्र ब्रोकर कमिशनमा खर्च हुन्छ, त्यो पनि ब्रोकर पनि आफ्नै मान्छेको हुन्छ ।
बोनस, डिभिडेण्ट, हकप्रद के कति आउँदैछ ? कम्पनीका भित्रियाहरुबाट सूचना लियो अनि सीमित घरनाका मानिसको मात्र पहूँचमा यस्तो सूचनालाई राखेर झत्ते कम्पनीको ipo निकाल्यो, प्रिमियम थपेर पनि IPO निकाल्यो, प्रमोटर शेयरलाई पब्लिक गर्ने बेलामा भाउ बढाएर आम सर्वसाधारणलाई ठग्यो, डुबायो यही हो अहिलेको नेपालको शेयर बजार, बैधानिक जुवाघर । शेयर कारोबारको दोस्रो बजार यहाँ आम सर्वसाधारणको कुनै सुरक्षा छैन, हुँदैन ।
नियमनकारी निकायमा बसेकाहरु नै कमिशन र शेयर हिस्सा हात पार्न भित्री सूचना चुहाँउने, बेच्ने कार्यमा संलग्न रहने गरेकाले सर्वसाधारणहरु शेयर बजारमा नराम्ररी ठगिएका छन्, फँसेका छन् ।

शेयर धितो लिएको कर्जाको पनि ब्याजदर अचाक्ली बढेको छ । शेयर मुल्य घट्नासाथ बैंक तथा बित्तीय संस्थाहरुले मार्जिन घटाउन दवाव दिइहाल्छन् । नत्र ८०/८५ प्रतिशतको घाटामै शेयर बेचिदिएर असुल गरिहाल्छन् । बैकरलाई अर्काको सम्पत्ति स्वाहा पारेर भएपनि अफू धन कमाउनै परेको छ ।

देशको बिसम परिसस्थिति, बित्तीय संकट र ग्राहकको समस्याकाप्रति बैंक संचालकहरु यति अनुदार छन् कि– उनीहरुलाई मानिसहरुको जीउ, ज्यान केहीसँग मतलब छैन, मात्र ब्याज र किस्ता असुली हुनुपर्यो, उनीहरुको ध्येय, लक्ष, उदेद्देश्य यही हो ।

बैकमा निक्षेप जम्मा गरेका मानिसहरुको सम्पत्तिको सुरक्षा हुनुपर्छ भन्ने कुरामा दुइमत छैन । ऋणीले आफूले लिएको कर्जाको साँवा, ब्याज तिर्नैपर्छ । तर यसका लागि यो बिसम परिस्थितिमा भाखा नागेको ऋणको म्याद एकवर्षसम्म थप गरिनुपर्छ र ब्याज एकल अंकमा ल्याई ग्राहकबाट साँवा, ब्याज असुली गरिनुपर्छ । यो दोब्बर भन्दा बढीले ब्याज जनताले अब तिर्न सक्दैनन् । ब्याजदर घटाऊ बैंकर्सहरु ।

ब्याजदर एकल अंकमा नल्याइए देश झन् संकटमा पर्नेछ र मुलुक असफल राष्ट्रमा सूचिकृत हुने खतरा बढेर गएको छ । बैंकहरु ब्याजदर घटाऊ ।

✍️कृष्ण हुमागाई
लेखक अग्रज पत्रकार तथा नेपाली कांग्रेस झापाका सचिब हुनुहुन्छ ।

सम्बन्धित खबर