सोमवार, असार ९, २०८२
Nayapaper | अनलाइन पत्रिका

मेचीनगरको नहरमा डुबेर इलामका तामाङको मृत्यु

शनिवार, जेठ १७, २०८२

झापा, १७ जेठ: झापाको मेचीनगर नगरपालिका १ सुनारे टोलस्थित सिद्धिखोलाको नहरमा डुबेर एकजनाको मृत्यु भएको छ ।

इलाम रोङ गाउँपालिका ७ बस्ने ५६ वर्षीय भगिरथ तामाङको नहरमा डुबेर मृत्यु भएको हो ।सिद्धिखोलाबाट मेचीनगर २ भृकुटीसम्म सिँचाईको लागि लगेको नहरको ढोकामा घोप्टो परी अड्किरहेको अबस्थामा तामाङ आज बिहान मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

स्थानीयले टेलिफोनमार्फत प्रहरी चौकी तिरिङखोलामा जानकारी गराउनसाथ प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको र थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट टोली गएको जनाइएको छ ।

सम्बन्धित खबर