शनिवार, असार ७, २०८२
Nayapaper | अनलाइन पत्रिका

अनेम संघ बिर्तामोड वडा नं. ५ को अध्यक्षमा पुनः निर्मला

आइतवार, जेठ १८, २०८२

बिर्तामोड, १८ जेठ : अखिल नेपाल महिला (अनेम)संघ बिर्तामोड नगरपालिका वडा नं. ५ को चौथो वडा सम्मेलन सम्पन्न भएको छ।

निर्मला खरेल ओडारीको अध्यक्षतामा शुक्रबार सम्पन्न कार्यक्रममा अखिल नेपाल महिला संघ प्रदेश कमिटी सचिव हेमकला कट्टेल प्रमुख अतिथि रहनुभएको थियो।

सम्मेलनले पुनः निर्मला खरेल ओडारीलाई अध्यक्ष चयन गर्दै नयाँ वडा समिति गठन गरेको छ। उपाध्यक्षमा कल्पना ओडारी प्रसाई, सचिवमा रिता शिवाकोटी न्यौपाने, सह–सचिवमा सन्ध्या आचार्य तथा कोषाध्यक्षमा सुमित्रा अधिकारी खतिवडा चयन हुनुभएको छ। सदस्यहरूमा कमला अधिकारी, कमला खनाल, फुलमाया राई, निर्मला कडरिया, सुशिला खतिवडा र सुनिता भण्डारी चयन हुनुभएको छ।

नवगठित समितिले अनेम संघको गतिविधिलाई वडास्तरमा अझ सशक्त र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।

कार्यक्रममा अखिल नेपाल महिला संघ केन्द्रिय लेखा सदस्य जसमाया गजमेर, अखिल नेपाल महिला संघ झापा जिल्ला अध्यक्ष लिला दाहाल, जिल्ला संयोजक तथा सल्लाकार शान्ता रोक्का, लगायतको आतिथ्यता रहेको थियो ।

सम्बन्धित खबर