सोमवार, असार ९, २०८२
Nayapaper | अनलाइन पत्रिका

पूर्वराष्ट्रपति भण्डारी स्वदेश फिर्ता

सोमवार, जेठ १९, २०८२

काठमाडौँ, १९ जेठः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फर्किनुभएको चीन सरकार चिनियाँ कम्युनिस्ट पार्टीको विदेशविभागको निमन्त्रणामा चीन जानुभएका उहाँ आज बिहान साढे १० बजेतिर स्वदेश फर्कनुभएको हो

उहाँसग चीन भ्रमणमा जानुभएका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भ्रमण उपलब्धि मुलुक फलदायी रहेकोत्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो भ्रमणले दुई देशबीचको सम्बन्धलाई झन्मजबुत बनाएको उल्लेख गर्दै मन्त्री भण्डारीले भ्रमणले आर्थिक तथा कूटनीतिक परस्पर सम्बन्ध स्थापित गरेको बताउनुभयो

भ्रमणले  दुई देशबीचको सम्बन्ध थप मजबुत बनाएको ”, मन्त्री भण्डारीले भन्नुभयो, “नेपालचीनबीचको ऐतिहासिक सम्बन्ध, साझा मान्यता पूर्वसहमतिको कार्यान्वयनका लागि भ्रमण थप उपलब्धिमुलक भयो उहाँले भ्रमणका क्रममा चिनियाँ उच्चअधिकारीले अहिले नेपाली कांग्रेस नेपाल कम्ष्युष्नि पार्टी (एमाले)को संयुक्त सरकारले नेपालमा राजनीतिक स्थायित्व दिएको भन्दैखुसी व्यक्त गरेको बताउनुभयो

उहाँले पूर्वराष्ट्रपति भण्डारीलाई चीनमा उच्च सम्मानसमेत गरिएको बताउनुभयो चीनमा भ्रमणका क्रममा पूर्वराष्ट्रपति भण्डारीलेचीनका उपराष्ट्रपति, चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका प्रमुखलगायतसँग भेटघाट गर्नुभएको थियो

यही जेठ १० पूर्वराष्ट्रपति भण्डारीसहित मन्त्री भण्डारी, एमाले विदेश विभाग प्रमुख रघुविर महासेठ, स्थायी कमिटी सदस्यकर्णबहादुर थापालगायत चीन भ्रमणमा जानुभएको थियो पूर्वराष्ट्रपति भण्डारीले बेइजिङ गान्सु प्रान्त हुँदा चिनियाँ उच्च अधिकारीतथा चिनियाँ कम्युनिष्ट पार्टीका शीर्षनेताहरुसँग भेटघाट गर्नुभएको थियो

सम्बन्धित खबर