काठमाडौं , २० जेठः विपक्षी दलहरू छलफलमा जुटेका छन् ।
आज बस्ने संसद बैठकअघि विपक्षी दलहरू छलफलमा जुटेका हुन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको नाम जोडिएपछि विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद अवरोध गर्दै आइरहेका छन् ।
अब संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा विपक्षीबीच छलफल भइरहेको बताइएको छ ।





