शुक्रवार, असार ६, २०८२
Nayapaper | अनलाइन पत्रिका

‘आ बाट आमा’मा पल अनुबन्धित

मङ्गलवार, जेठ २०, २०८२

काठमाडौं, २० जेठ: चन्द्र पन्तको निर्देशनमा बन्न लागेको चलचित्र ‘आ बाट आमा’मा पल शाह अनुबन्ध हुनुभएको छ । उहाँलाई निर्माणपक्षले अनुबन्ध गरिसकेको छ ।

पलले आफूलाई सिनेमाको कथा मन परेको बताउनु भएको छ । यो चलचित्रमा विपना थापा यसअघि नै अनुबन्ध भइसक्नु भएको छ । विपना यो चलचित्रमा आमाको भूमिकामा देखिने बताइएको छ ।

‘आ बाट आमा’को स्क्रिप्ट अभिमन्यू निरवीले लेखिरहनुभएको छ । चलचित्रको थिम पोष्टर केही दिनअघि सार्वजनिक भइसकेको छ । यो चलचित्र फागुन १५ गतेबाट प्रदर्शनमा आउनेछ ।

सम्बन्धित खबर