मङ्गलवार, चैत ३, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

नेपाल चिया विकास निगमले स्थानीय सरकारलाई कर तिरेन

बुधवार, चैत १५, २०७९

मेचीनगर । पूर्वका विभिन्न पालिकालाई नेपाल चिया विकास निगमले कर नतिरेको विषयमा आज झापाको मेचीनगर नगरपालिकामा ६ वटा पालिकाका प्रमूखहरुको बैठक सम्पन्न भएको छ ।

नेपाल सरकारले नेपाल चिया विकास निगम र खरिदकर्ता संघई ग्रुपका पुरुषोत्तमलाल संघईलाई भाडामा दिइएको ६ वटा चिया बगानबाट हालसम्म कुनै पनि स्थानिय तहलाई कर नबुझाएकोकारण कर असुलिका लागि झापाका मेचीनगर नगरपालिका, बुद्धशान्ति गाँउपालिका, बाह्रदशी गाँउपालिका र इलामका सुर्योदय नगरपालिका, इलाम नगरपालिका तथा माई नगरपालिकाका प्रमुखहरुको बैठक सम्पन्न भएको हो ।

नेपाल सरकारले भाडामा व्यवसाय गर्न भनि दिइएको जग्गाको सम्पत्ती कर, मालपोत र व्यवसाय कर नेपाल चिया विकास निगमले पटक–पटक पत्रचार र ताकेता गर्दा पनि नतिरेपछि ६ वटा पालिकाका प्रमूखहरु संघाइ ग्रुप र नेपाल चिया विकास निगमलाई करको दायरामा ल्याउन ठोस कदम चाल्न एकिकृत भएर अगाडी बढ्न आजको बैठक आयोजना गरिएको हो ।

बाह्रदशी, चिया बगान, टोकला चिया बगान, बर्ने चिया बगान, कन्याम चिया बगान, शोक्तीम चिया बगान, चिलिङ्गकोट चिया बगान र इलाम चिया बगान ५० वर्षको लागि नेपाल सरकारले भाडामा दिइएको थियो । ७ वटा चियाबगानहरुबाट विभिन्न ६ वटा पालिकाहरुले आफ्नो क्षेत्राधिकार भित्रको कर असुल्न विभिन्न निर्णयहरु गरेको छ ।

आज भएको संयुक्त बैठकमा जग्गाको विवरण, पालिकाहरुले गरेको पत्राचारको विवरण,सम्पत्ति करको फारमको विवरण, सम्बन्धित मन्त्रालय र अर्थ मन्त्रालयमा गरेको पत्राचार तथा नेपाल चिया विकास निगमलाई गरेको पत्राचारको विबरण तयार गर्ने निर्णय गरेको छ । त्यस्तै हालसम्म कर नतिर्ने निगमलाई पुनः कर तिर्न पत्राचार गर्ने र त्यसको जनाकारी संघिय मामिला तथा कानुन मन्त्रालय मार्फत नेपाल सरकारलाई जानकारी गराउने निर्णय गरेको छ ।

त्यस्तै तत्कालिन श्री ५ को सरकार र निगम विच भएको सम्झौतामा उल्लेख गरेको रकम देखि हाल सम्म तिर्नुपर्ने रकमको विवरण बनाउने र श्रमिक ऐन अन्तरगत श्रमिकहरुलाई पारिश्रकि र अन्य सेवा सुविधा उपलब्ध गराउन सम्बन्धित मन्त्रालयलाई ध्यानाकर्षण गर्ने निर्णय बैठकले गरेको मेचीनगरपालिकाका मेयर गोपाल बुढाथोकिले जानकारी दिनुभयो ।

पालिकाहरुको संयुक्त बैठकले ठोस निर्णयमा पुग्न गर्नुपर्ने अन्य प्रक्रियाहरुको लागि पनि तयार भएर लाग्ने साथै स्थानिय पालिकाहरुले नै उक्त चिया बगानहरु सञ्चालन गर्नुपर्ने अवस्थाआए आँफूहरु तयार रहेको समेत जानकारी दिएको छ । 

सम्बन्धित खबर