मङ्गलवार, फागुन ५, २०८२
Nayapaper | अनलाइन पत्रिका

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

पर्यटक आकर्षित गर्न सम्पदाको प्रचारप्रसार आवश्यक: स्वास्थ्यमन्त्री पौडेल

मङ्गलवार, जेठ २०, २०८२

काठमाडौँ, २० जेठः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पर्यटक आकर्षित गर्न प्रचारप्रसार आवश्यक रहेको बताउनुभएको छ ।
 
अठाराँै गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनीको आज अवलोकनपछि मन्त्री पौडेलले नेपालका ती सम्पदाको आवश्यक प्रचारप्रसार गर्न सके पर्यटन उत्थानमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
 
मन्त्री पौडेलले भन्नुभयो, “यो पृष्ठभूमिमा राससले आफ्नै स्रोतबाट फोटो प्रदर्शनीको आयोजना गर्नु सृजनशील काम हो । यसबाट नेपालका सम्पदा प्रवद्र्धनका लागि प्रचारप्रसारमा सहयोग पुग्ने अपेक्षा गरेको छु ।”
 
नेपालका सबै महत्वपूर्ण गन्तव्य र प्राकृतिक सम्पदासँग जोडिएकाले यो एउटा उत्कृष्ट फोटो प्रदर्शनी भएको उल्लेख गर्दै उहाँले प्रदर्शनीमा राखिएका तस्बिरबाट धेरै ठाउँको बारेमा बुझ्ने अवसर मिलेको बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँका तस्बिरले हाम्रो प्राकृतिक सौन्दर्यतालाई विश्वव्यापीकरण गर्न सहयोग पुग्छ । पर्यटनको माध्यमबाट देशको आर्थिक अवस्था बलियो बनाउन सक्छौँ । जलवायु परिवर्तनले हामीलाई धेरै असर गरेको छ । हाम्रो हिमालयन सम्पदाहरु बिस्तारै क्षयीकरण हुँदै जाने अवस्था छ । त्यतातिर पनि हामीले ध्यान दिन जरुरीछ छ ।” 
 
नेपालमा जस्तो हिमालय सम्पदा संसारमा अरू कसैसँग नभएको पक्षलाई बुझ्न आवश्यक रहेको उल्लेख गर्दै मन्त्री पौडेलले हाम्रा प्राकृतिक स्रोतसाधनमाथि राज्यबाट जति लगानी हुनुपथ्र्याे त्यति हुन नसकेको स्वीकार गर्नुभयो । नेपालले ‘स्वास्थ्य हिमालय हेल्थ क्लाइमेट’ नामक अन्तरराष्ट्रिय मञ्च गठन गर्न लागिरहेको बताउँदै उहाँले त्यसमार्फत हिमालमा जलवायु परिवर्तनबाट भइरहेको असर न्यूनीकरण गर्न चाल्नुपर्ने कदमबारे अन्तरराष्ट्रिय बहस पैरवी गर्न सहज हुने धारणा राख्नुभयो ।
 
यसअघि राससका कार्यकारी अध्यक्ष धमेन्द्र झाले पाहुनालाई स्वागत गर्दै नेपालमा केही छैन तथा गणतन्त्रपछि केही भएको छैन भन्ने भाष्य चिर्न पछिल्ला तीन वर्षदेखि राससले संस्कृति र सम्पदा, पूर्वाधार विकास र हिमालसम्बन्धी तस्बिर प्रदर्शनी गरी भए÷गरेको कामलाई उजागर गर्ने कोसिस गरिरहेको बताउनुभयो ।
सम्बन्धित खबर