Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
आज राम नवमी पर्व,पूजा आराधना गरी देशभर मनाइँदै
बिहिवार, चैत १६, २०७९
काठमाण्डौ । आज राम नवमी पर्व । रामको पूजा आराधना गरी देशभर मनाइँदैछ । हरेक वर्ष चैत्र शुक्ल नवमीका दिन देशभरी श्रद्धा र भक्तिपूर्वक ‘रामनवमी’ पर्व मनाउने गरिएको छ ।
हिन्दु धर्मग्रन्थ रामायण अनुसार चैत्र शुक्ल नवमी तिथिमा पर्ने आजको दिनलाई भगवान श्रीरामको जन्मदिनको रूपमा लिइन्छ । यो पर्व चैत्र नवरात्रको बीचमा आउने भएकाले यो दिन भगवान श्री रामका साथै नवदुर्गा देविको पनि पूजा हुन्छ ।
त्रेता युगमा चैत्र शुक्ल नवमीका दिन अयोध्यामा जन्मिएका रामले दानवीय प्रवृत्तिका रावणको अन्त्य गरी जन कल्याण गरेको सम्झनामा यो पर्व मनाइने गरिएको हो । आजका दिन व्रत बसी रामको पूजापाठ र जप ध्यान गर्नाले चिताएको कार्य पूरा हुने जनविश्वास छ ।
आजको दिन हिन्दु धर्मावलम्बीहरू बिहानै नुहाइधुवाइ गरी राम मन्दिरमा गएर पूजा आराधना गर्ने गर्दछन् ।
यस्तै, आज जनकपुरको रामजानकी मन्दिरमा भव्य पूजाआजा हुन्छ । रामजानकी मन्दिरमा नेपाल तथा भारतबाट ठूलो सङ्ख्यामा श्रद्धालु भक्तजनहरु आउने गर्दछन् । आज देशभरकै राम मन्दिरमा भक्तजनको भिड लाग्ने गर्छ ।