मङ्गलवार, फागुन ५, २०८२
Nayapaper | अनलाइन पत्रिका

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

कोशी प्रदेशस्तरीय विज्ञान प्रदर्शनीमा ७० विद्यालयको सहभागिता

बुधवार, जेठ २१, २०८२

बिर्तामोड, २१ जेठ: कोशी प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीमा एक लाखभन्दा बढी विद्यार्थीले अवलोकन गर्ने आयोजकले दाबी गरेका छन्। झापाको बिर्तामोडस्थित देवी माध्यमिक विद्यालयमा आगामी जेठ २४ देखि २६ गतेसम्म आयोजना हुने प्रदर्शनीमा कोशी प्रदेशका १२ जिल्लाका ७० विद्यालय सहभागी हुने भएका छन्।

नेकपा (एमाले) विज्ञान तथा प्रविधि विभाग कोशी प्रदेशको आयोजनामा हुने उक्त प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो। प्रदर्शनी स्थलमा हाल स्टल निर्माण कार्य तीव्र गतिमा भइरहेको छ।

प्रदर्शनीमा एक सयभन्दा बढी स्टलहरू रहनेछन्, जसमध्ये २० वटा व्यवसायिक (सशुल्क) स्टल हुने आयोजकले जानकारी दिएका छन्। झापा जिल्लाका ३९६ माध्यमिक विद्यालयका विद्यार्थीहरूसहित कोशीभरिका विद्यार्थीहरूको उल्लेख्य उपस्थिति हुने अपेक्षा गरिएको छ।

कार्यक्रमका संयोजक गणेश पोखरेलका अनुसार प्रदर्शनीमा सहभागी विद्यालयहरूबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा उत्कृष्ट हुने विद्यालयलाई नगद ४ लाख रुपैयाँ, दोस्रो हुनेलाई ३ लाख, तेस्रो हुनेलाई २ लाख र सान्त्वना पुरस्कारस्वरूप १ लाख रुपैयाँ प्रदान गरिनेछ। यस्तै, विशेष प्रतिभा देखाउने २५ वटा प्रदर्शनीलाई जनही २५ हजार रुपैयाँका दरले ‘प्रतिभा प्रोत्साहन पुरस्कार’ दिइने बताइएको छ।

विद्यार्थीहरूको मौलिक अनुसन्धान, आविष्कार तथा प्रविधिसम्बन्धी सिर्जनशीलता प्रदर्शन गर्ने मुख्य उद्देश्य रहेको संयोजक पोखरेलले बताउनुभयो । कार्यक्रममा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने तय गरिएको छ।

प्रर्दशनी सम्पन्न गर्न अनुमानित ४४ लाख ५० हजार रुपैयाँ खर्च हुने आयोजकको भनाइ छ। जसमध्ये २० लाख रुपैयाँ कन्सल्टेन्सी तथा व्यवसायिक स्टलहरूबाट संकलन गरिनेछ भने बाँकी रकम झापाका १५ वटा स्थानीय तह र विभिन्न संघसंस्थासँगको सहकार्यबाट जुटाइनेछ। पुरस्कार राशिमात्र १६ लाख रुपैयाँभन्दा बढी रहेको जनाइएको छ।

कार्यक्रममा नेकपा (एमाले) कोशी प्रदेश इञ्चार्ज तथा पूर्व मुख्यमन्त्री शेरधन राईले प्रदर्शनी सबैको साझा अभियान भएकाले सबैलाई सहभागिता जनाउन र अवलोकन गर्न आग्रह गर्नुभयो ।

सम्बन्धित खबर