मङ्गलवार, फागुन २६, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

झापामा ७५५ मनसुनजन्य विपद् उद्धारकर्मी तैनाथ

बुधवार, जेठ २१, २०८२

झापा, २१ जेठः मनसुनजन्य विपद् व्यवस्थापनका लागि झापाका सुरक्षा निकाय, स्थानीय तह, रेडक्रस लगायतका सरोकारवाला निकायले पूर्वतयारी तीव्र तुल्याएका छन् । प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले जिल्लामा सेना, प्रहरी र रेडक्रसकर्मीसहित तालिमप्राप्त ७५५ जना मनसुनजन्य विपद् उद्धारकर्मी तैनाथ गरिएको जानकारी दिनुभयो । 
 
विपद् व्यवस्थापनका लागि सबै सरोकारवाला निकायबीच समन्वय हुने गरी एकीकृत कार्ययोजना कार्यान्वयनमा ल्याएको उहाँले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी अधिकारीको अध्यक्षतामा गठन भएको जिल्ला विपद् व्यवस्थापक समितिले नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान कार्यालय, नेपाल रेडक्रस सोसाइटी, कारितास नेपाल लगायतका सरोकारवाला निकायसँग एकीकृत रुपमा व्यवस्थापनको पूर्वतयारी र समन्वय गरिरहेको छ ।
 
समितिले नेपाली सेनाको चारआलीस्थित अरिदमन गणमा मंगलवार छलफल कार्यक्रम आयोजना गरी अहिलेसम्म भइरहेका तयारी बारेमा सरोकारवाला निकायहरुबाट जानकारी लिएको छ । नेपाली सेनाले १६०, सशस्त्र प्रहरी बलले ३२०, नेपाल प्रहरीले ११०, विपद् व्यवस्थापन गुल्मले ४० र नेपाल रेडक्रस सोसाइटीले १२५ दक्ष जनशक्तिलाई मनसुनजन्य विपद् व्यवस्थापनका लागि तैनाथ अवस्थामा राखेको जनाएका छन् ।
 
यसपाली झापामा आठ हजार ९१९ घरधुरी मनसुनजन्य विपद्बाट प्रभावित हुने नेपाल रेडक्रस सोसाइटीको प्रक्षेपण रहेको छ । विगतको तुलनामा पूर्वी नेपालमा १५ दिन अगावै मनसुन भित्रिएको हुँदा सरोकारवाला निकायहरुले विपद् व्यवस्थापनको पूर्वतयारीलाई प्राथमिकतामा राखेका छन् ।
 
सशस्त्र प्रहरी बलको २ नं गण हेडक्वाटर भद्रपुरका प्रहरी नायव उपरीक्षक मदनकुमार रसायलीले गण र मातहतका गुल्म तथा बीओपीहरुमा उद्धारका सामग्रीसहित विपद् व्यवस्थापन टोली तैनाथ अवस्थामा राखिएको र आवश्यक परेको जुनसुकै बेला उनीहरुलाई परिचालन गर्न सकिने बताउनुभयो ।
 
जिल्लाका १५ वटै पालिका र १३१ वडामा विपद्को तत्काल सूचना दिनेगरी विपद् सूचक तयार पार्ने कार्य धमाधम भइरहेको छ । नेपाल रेडक्रस सोसाइटीका प्रशासन प्रमुख हरिशरण खड्काका अनुसार प्रत्येक वडामा २५ जनाका दरले तीन हजार २७५ जना विपद् सूचक तयार पार्ने लक्ष्य रहेको बताउनुभयो । सूचकहरुलाई विपद् सम्बन्धी तालिम प्राप्त हुनेछ ।
 
विपद् व्यवस्थापका लागि स्थानीय तहलाई समेत सक्रिय बनाइएको छ । विर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौलाले नगरपालिकाले विपद् व्यवस्थापनका लागि पूर्वतयारी गर्दै आएको बताउनुभयो । नेपाली सेनाको अगुवाइमा विपद् व्यवस्थापन पूर्वतयारीका लागि ‘अभ्यास मनसुन–५’ सञ्चालन भइरहेको छ । बाढीका बेला कसरी उद्धार, राहत, समन्वय र पुनस्र्थापनाको कार्य गर्ने भन्ने विषयमा ‘अभ्यास मनसुन–५’ अन्तर्गत मेचीनगर नगरपालिकाको वडा १३ स्थित निचाझोडा सिमसारमा बृहत एकीकृत अभ्यास गरिने अरिदमन गणका प्रमुख सेनानी प्राजु बस्न्यातले बताउनुभयो ।
सम्बन्धित खबर