बिहिवार, वैशाख ३१, २०८३
Nayapaper | अनलाइन पत्रिका

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

बिर्तामोडमा चोरीका घटना बढ्दै, बैशाख यता ४५ तोला सुन चोरी, तीन जना पक्राउ

बिहिवार, जेठ २२, २०८२

बिर्तामोड, २२ जेठ : इलाका प्रहरी कार्यालय बिर्तामोडले चोरीको आरोपमा ३ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले बिर्तामोड ४ स्थित एक घरमा चोरीमा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बिर्तामोड ७ का २७ वर्षीय दिपेश खवास, बिर्तामोड ४ का ३५ वर्षीय पवन चौधरी र मेचीनगर १० धुलावारीका ३३ वर्षीय आशिष श्राप रहेका छन् ।

उनीहरुले हिमशिखर टोलमा रहेको कमला कार्कीको घरबाट पाँच तोला आठ आनी सुनबाट बनेका गरगहना ब्रास्लेट,सिक्री,चन्द्रमा, चोकर, लकेट चोरी गरी विक्री वितरण गरेका थिए ।

प्रहरीले सुन चोरी गर्ने खवास, चोरीको सामान किन्ने चौधरी र श्रापलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको हो । उनीहरुलाई चोरीको मुद्दा दर्ता गरेर म्याद थप गरी अनुसन्धान अघि बढाएको इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी विजय श्रेष्ठले जानकारी दिनु भयो ।

चोरी गरेको सुन खवासबाट पहिला चौधरीले किनेर त्यसपछि श्रापलाई विक्री गरेको खुलेपछि प्रहरीले श्रापले सञ्चालन गर्दै आएको जय ज्वेलर्समा छापा मारेको थियो ।

बिर्तामोड पछिल्लो समय यता चोरीको घटना बढ्दै गएका छन् । हिजोमात्रै वडा नम्बर १ स्थित हनुमान टोलमा रहेको विवेक पाण्डे र पुस्कर पाण्डेको घरबाट १२ तोला सुन र नगदसहित २२ लाख रुपैयाँ भन्दा बढीको चोरी भएको छ ।

सुनचाँदी व्यवसायी संघका अनुसार २०८२ बैशाख यतामात्रै ३३ तोला भन्दा बढी सुन चोरी भएको निवेदन परेको छ । तर ईलाका प्रहरी कार्यालय बिर्तामोडले भने तीन, चार वटा मात्रै निवेदन परेको र घटनामा संलग्न भएकाहरुको खोजी भईरहेको जनाएको छ ।

सम्बन्धित खबर