Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
आजदेखि भद्रपुरमा ‘दोस्रो नगर युवा सम्मेलन’
शुक्रवार, जेठ २३, २०८२
भद्रपुर, २३ जेठ : ‘युवाहरूको सशक्तीकरण : जलवायु कार्य नेतृत्व विकास र स्थानीय विकासमा हातेमालो’ भन्ने नाराका साथ आजदेखि भद्रपुरमा दोस्रो नगर युवा सम्मेलन हुन लागेको छ ।
भद्रपुर नगरपालिका, नगर युवा परिषद्को आयोजनामा दुई दिनसम्म चल्ने सम्मेलनमा नगरभित्रका १६ देखि २४ वर्ष उमेर समूहका दुई सय २० जना युवा सहभागी हुने नगरप्रमुख गणेश पोखरेलले बताउनुभयो । सम्मेलनमा युवाहरूको नेतृत्व विकास, परिचालन, सशक्तीकरण र स्थानीय विकासमा सहभागिताका लागि युवाहरूमा सकारत्मक उत्प्रेरणा मिल्ने नगरप्रमुख पोखरेलले विश्वास व्यक्त गर्नुभयो ।
साथै विश्वव्यापी जलवायु प्रभाव, स्थानीय विकासमा युवा सहभागिता र युवा अभियानबारे युवाहरूको परिचालनको अवगत गराई स्थानीय युवा परिचालनको अवस्थामा सुधार ल्याउन सम्मेलनले सहयोग पुर्याउने नगरप्रमुख पोखरेलले बताउनुभयो ।
सम्मेलनमा वैज्ञानिक, समाजिक अभियन्ता, कवि, कलाकारलगायत सम्बन्धित विषयका विज्ञहरूले प्रस्तुतीकरण गर्ने आयोजकले जनाएको छ ।