मङ्गलवार, असार १०, २०८२
Nayapaper | अनलाइन पत्रिका

सप्तरीमा डाँका समूहद्वारा लुटपाटसँगै एकको हत्या

शुक्रवार, जेठ २३, २०८२

सप्तरी, २३ जेठः डाँकाको एक समूहले सुरुङगा नगरपालिका–८ को एक घरमा लुटपाट गर्नाका साथै एक जनाको हत्यासमेत गरेको छ ।

बिहीबार राति डाँकाको एक समूहले कान्तलाल चौधरीको घरमा प्रवेश गरी धनमाल लुटेको तथा निजको हत्यासमेत गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो । डाँकाको आक्रमणमा परी चौधरीका भाइ रमाकान्त घाइते हुनुभएको छ ।

चौधरीको घरबाट सुनचाँदीका गरगहना र नगद लुटिएको जनाउँदै प्रहरीले डाँकाहरूको खोजी भइरहेको बताएको छ ।

सम्बन्धित खबर