शनिवार, असार ७, २०८२
Nayapaper | अनलाइन पत्रिका

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

शुक्रवार, जेठ २३, २०८२

काठमाडौँ, २३ जेठः स्थानीय बजारमा आज सुनको मूल्य स्थिर छभने चाँदीको मूल्य बढेको छ । बिहीबारको तुलनामा आज चाँदी तोलामा रु ७५ ले बढेको छ । 
 
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९३ हजार ७०० कायम भएको छभने सोही परिमाणको चाँदीको मूल्य रु दुई हजार १५० निर्धारण भएको छ । 
 
अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य तीन हजार ३८९ डलर कायम भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमरूले जनाएका छन् । 
सम्बन्धित खबर