सोमवार, चैत २, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

ओखलढुङ्गामा २१ सुत्केरीको हवाई उद्धार

शुक्रवार, जेठ २३, २०८२

ओखलढुङ्गा, २३ जेठः यहाँबाट २१ गर्भवती तथा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ  । चालु आर्थिक वर्षको १० महिनाको अवधिमा २१ गर्भवती सुत्केरीको उद्धार गरिएको हो ।

‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ अन्तर्गत सुत्केरी हुन नसकेका तथा सुत्केरी अवस्थामा जटिल समस्या भएका गर्भवती तथा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत अनुप पौडेलले बताउनुभयो । उद्धार गरिएका सबै गर्भवती–सुत्केरीलाई काठमाडाँैका विभिन्न अस्पतालमा पठाइएको पौडेलको भनाइ छ ।

ज्यान उच्च जोखिममा परेका गर्भवती, सुत्केरी र शिशुको ज्यान बचाउन उद्धार कार्यक्रम प्रभावकारी बनेको उहाँको भनाइ छ । सुविधा सम्पन्न अस्पतालमा उपचार नगरिए ज्यानै जानसक्ने सम्भावना भएका गर्भवती तथा सुत्केरीलाई स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, महिला स्वास्थ्य स्वयंसेविकालगायत स्थानीय स्वास्थ्य संस्थाका कर्मचारीको सिफारिस र खबरका आधारमा मन्त्रालय तथा गृह मन्त्रालयको समन्वयमा तत्काल हवाई उद्धार भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

हवाई उद्धार कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि हवाई उद्धारसम्बन्धी कार्यविधि, २०७७ असोज ११ गते मन्त्रिस्तरीय निर्णयबाट स्वीकृत भई कार्यान्वयनमा रहेको छ ।

राष्ट्रपति महिला उत्थान कार्यक्रमले दुर्गम क्षेत्रका महिलाले नवजीवन पाएको जिल्लास्तरीय आमासमूह सञ्जालका अध्यक्ष कान्ती राजभण्डारीले बताउनुभयो । “पहिलापहिला दुर्गमका महिलाले अकालमा ज्यान गुमाउनुपर्ने बाध्यता थियो, अहिले हवाई उद्धार सेवा पाएपछि आमा र शिशुको ज्यान बचेको छ”, उहाँले भन्नुभयो, “यो कार्यक्रम निकै प्रभावकारी छ, आगामी दिनमा स्वास्थ्यका क्षेत्रमा योजना बनाउँदा सरकारले दुर्गमका नागरिकलाई केन्द्रमा राख्यो भने राम्रो हुन्छ भन्ने सन्देश पनि यसले दिएको छ ।”

विगतमा महँगोमा हेलिकप्टर चार्टर गरेर काठमाडौँ लैजान सक्नेहरुले उपचार पाउने त्यसो गर्न नसक्ने उपचार अभावमा अकालमा मृत्यु सहन बाध्य हुने अवस्था थियो ।

सम्बन्धित खबर