Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
तक्षशीला एजुकेशन फाउण्डेशन र क्याम्ब्रिजबीच सम्झौता
शनिवार, चैत १८, २०७९
बिर्तामोड । झापाको बिर्तामोडमा रहेको तक्षशीला एजुकेशन फाउण्डेशन र क्याम्ब्रिजबीच सम्झौता भएको छ । आगामी शैक्षिक सत्रदेखि क्याम्ब्रिजको अंग्रेजी कोर्सको अध्यापन गराउने दुई पक्षबीच सम्झौता भएको हो । सम्झौतापछि तक्षशीलाले नयाँ शैक्षिक सत्रबाट क्याम्ब्रिजको अंग्रेजी कोर्सको अध्यापन गराउने भएको छ ।
विद्यालयमा शनिवार आयोजित कार्यक्रममा तक्षशीलाकी कार्यकारी निर्देशक डा. अञ्जली कार्की प्रसाईं र क्याम्ब्रिजका प्रतिनिधि डा.रोशन राठीले क्याम्ब्रिज कोर्स अध्यापन गराउने विषयमा हस्ताक्षर गर्नु भएको छ । सम्झौता अनुसार कक्षा १ देखि कक्षा १० सम्मका विद्यार्थीलाई क्याम्ब्रिजको अंग्रेजी कोर्स अध्यापन गराइनेछ ।
कार्यक्रममा बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईंले तक्षशीला र क्याम्ब्रिजबीच सम्झौता सकारात्मक भएको बताउनु भयो । उहांले शैक्षिक गुणस्तरका लागि सम्झौता फलदायी हुने विश्वास व्यक्त गर्नु भयो । कार्यक्रममा अभिभावहरुको सहभागिता रहेको थियो ।