Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
भरुवा बन्दुकसहित दुईजना पक्राउ
शुक्रवार, जेठ २३, २०८२
विराटनगर, २३ जेठ: भरुवा बन्दुकसहित प्रहरीले मोरङको केराबारी गाउँपालिका–६ तामाङ टोलबाट दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार केराबारी–६ का धनबहादुर श्रेष्ठको घरभित्र बन्दुक फेला परेको थियो ।
अवैध भरुवा बन्दुक राखिएको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय केराबारीका वरिष्ठ सई (प्रहरी वरिष्ठ नायव निरीक्षक) मानबहादुर जिम्बा नेतृत्वको टोलीले बिहीबार राति १०:३० बजेतिर श्रेष्ठको घरमा छापा हानेको थियो ।
घर खानतलासी गर्ने क्रममा घरको पश्चिमतर्फको कोठामा तन्नाले छोपेर राखेको अवस्थामा १ नाल भरुवा बन्दुक बरामद गरिएको जानकारी प्रहरीले दिएको छ । बन्दुक फेला परेसँगै प्रहरीले धनबहादुरका छोरा २६ वर्षीय गणेश श्रेष्ठ र स्थानीय ३२ वर्षीय सन्तवीर तामाङलाई पक्राउ गरेको हो ।
बरामद भएको बन्दुकसहित दुवैजनालाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखेर प्रहरीले थप अनुसन्धान सुरु गरिएको छ । प्रहरीले अनुसन्धानको थप प्रक्रिया अघि बढाएको हो । पक्राउ परेकाविरुद्ध हातहतियार खरखजना ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।
बरामद भएको बन्दुक वन्यजन्तुको अवैध चोरी सिकारीमा प्रयोग गर्ने गरिएको हुनसक्ने प्रहरीको भनाइ छ ।