सोमवार, साउन ११, २०८३
Nayapaper | अनलाइन पत्रिका

Bahis dünyasında kullanıcıların %35’i ilk oyunlarını mobil cihaz üzerinden yapıyor; bu oran Paribahis indir’te %60 seviyesindedir.

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

2026 yılına özel tasarlanan bettilt sürümü beklentileri yükseltiyor.

Lisanslı yapısı sayesinde güven veren bahsegel Türkiye’de hızla popülerleşiyor.

Rulet, blackjack ve slot makineleriyle dolu bettilt büyük ilgi görüyor.

Her tür spor dalında bahis yapma imkanı sağlayan bettilt geniş bir kategoriye sahiptir.

Canlı rulet oyunları, bahsegel giriş sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Kazancını artırmak isteyen kullanıcılar bahsegel kodlarını kullanıyor.

Rulet, blackjack ve slot oyunlarını deneyimlemek için rokubet giriş sayfasına giriş yapılmalı.

Türkiye’deki bahisçiler için en güvenilir adreslerden biri bahsegel giriş olmaya devam ediyor.

Yeni özellikleriyle dikkat çeken bahsegel giriş, kullanıcıların heyecanını artırıyor.

Kullanıcı deneyimini artırmak için sürekli optimize edilen bahsegel giriş performans odaklıdır.

Canlı oyunlarda yüksek tempo arayan kullanıcılar için paribahis ideal bir platformdur.

İnternet üzerinden keyifli vakit geçirmek için bettilt giriş bölümü kullanılıyor.

Türk oyuncular rulet masalarında genellikle düşük riskli bahisleri tercih eder, bettilt giriş bu tercihlere uygun seçenekler sunar.

Dijital dünyada eğlenceyi artırmak için bettilt kategorileri öne çıkıyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.

बिर्तामोडमा कृषिको उज्यालो भविष्य : गोठ सुधारदेखि बाख्रा-बंगुर साटासाटसम्म

शुक्रवार, जेठ २३, २०८२

झापा, २३ जेठ : बिर्तामोड नगरपालिकाले कृषि विकास र किसानहरूको जीवनस्तर उकास्नका लागि विभिन्न नवीन कार्यक्रमहरू सञ्चालन गरेको छ।

गोठ सुधार, महिला कृषकलक्षित बाख्रा र बंगुर साटासाटजस्ता लोकप्रिय कार्यक्रमहरूले किसानहरूलाई आत्मनिर्भर बन्न र आम्दानीको नयाँ आधार सिर्जना गर्न महत्त्वपूर्ण सहयोग पुर्‍याएको छ।
यी कार्यक्रमहरूले नगरभित्रका सयौँ किसान परिवारको जीवनमा सकारात्मक परिवर्तन ल्याउँदै, उनीहरूलाई शून्य लगानीमा समेत सफल उद्यमी बन्ने अवसर प्रदान गरेको छ।
बिर्तामोड नगरपालिका ९ का किसान नवीन भट्टराई गाई पालनका लागि गोठका अधिकांश संरचना बनाइसकेका थिए। तर गाईको थलो बनाउन उनलाई पैसाको अभाव भयो।

त्यतिबैलै बिर्तामोड नगरपालिकाबाट गोठ सुधारका लागि एक लाख रुपैयाँमा ५० प्रतिशत अनुदान उपलब्ध गराउन सूचना जारी भयो। त्यही सूचनाका आधारमा उनले नगरपालिका कार्यालयमा निवेदन दिए। नगरपालिका कार्यालयबाट अनुगमनपश्चात उनले अनुदान रकम पाए। त्यसपछि उनले गाईको थलोलाई राम्ररी बनाउन पाए।

भट्टराईले भने, ‘यो अनुदानले मलाई धेरै राम्रो काम गरेको छ। केही किसानले अनुदान दुरुपयोग गरेको भन्ने सुनेको छु। कृपया अनुदान रकम दुरुपयोग नगरिदिनु होला। तपाईंहरूका कारणले सच्चा किसानलाई अप्ठ्यारो पर्छ।’
बिर्तामोड नगरपालिका वडा नम्बर ९ का नवीन भट्टराई जस्तै गोठ सुधार कार्यक्रम अन्तर्गत अहिलेसम्म करिब ५ सय किसान तथा किसान समूहले अनुदान पाएका छन्।

एक लाख रुपैयाँको गोठ सुधार कार्यक्रम अन्तर्गत पचास प्रतिशत रकम नगरपालिका कार्यालयले उपलब्ध गराउने गरेको छ। यो बर्ष मात्र २१ किसान तथा किसान समूहले गोठ सुधार कार्यक्रमको अनुदान रकम पाएका छन्।
थोरै रकमले पनि पशुपालन क्षेत्रमा धेरै कृषकले आम्दानीको दरिलो सुरुवातको आधार पाएका छन्। नवीन भट्टराईको भनाइले विर्तामोड नगरपालिकाको असल कामको पुष्टि हुन्छ।
किसानले अनुदान रकम सदुपयोग गर्न सके आम्दानीको आधार बन्छ भन्ने कुरा व्यक्त गरेसँगै उनले नगरपालिका कार्यालयलाई अनुदान रकम बढाइदिन अनुरोध गरेका छन्। त्यस्तै महिला किसानहरूका मेयर पकेट प्याकेज ग्रामिण बाख्रा साटासाट कार्यक्रम पनि उत्तिकै लोकप्रिय बनेको छ। खासगरी आम्दानीका लागि परनिर्भर रहनु परेको विगतको अवस्थालाई सुधार गरेर बाख्रा साटासाट कार्यक्रमबाट उनीहरू आत्मनिर्भर बन्दैछन्।

१५ परिवारको एउटा समूह बनाएर एउटा बोका र तीनवटा पाठी प्रति परिवारलाई उपलब्ध गराइन्छ। ती सबैको बीमा तथा स्वास्थ्य हेरचाह नगरपालिकाको पशुपंछि शाखाले गर्दै आएको छ। जब उनीहरूले पाएका बाख्राले उत्पादन दिन थाल्छ, पहिला अनुदानमा पाएका तीनवटा पाठीबाट जन्मेका तीन पाठी नगरपालिका कार्यालयलाई बुझाउनु पर्छ। अनि नगरपालिकाले अर्को समूहलाई ती तीन पाठी अनुदानस्वरुप उपलब्ध गराउँछ।

विर्तामोड नगरपालिका क्षेत्रमा अहिले त्यस्ता १८ समूह रहेका छन्। बाख्रा साटासाट कार्यक्रमले महिला कृषकको जीवनस्तर उकास्न कोसेढुंगा सावित भएको बिर्तामोड ८ किसनभिट्टाकी कल्पना सिटौलाले बताइन्।
उनले भनिन्, ‘नगरपालिकाले सित्तैमा दिएका बाख्रा उत्पादन भएपछि ती बाख्रा फिर्ता दिएर पनि बाख्रा पालनबाट एक जना महिला किसानले बर्षको करिब डेढलाख रुपैयाँसम्मका बाख्रा बेच्दैछन्। घरमै बसेर आय आर्जनका लागि सहज उपाय भएको छ यो बाख्रा साटासाट कार्यक्रम।’
बाख्रा साटासाट कार्यक्रम जस्तै बंगुर साटासाट कार्यक्रम पनि उत्तिकै लोकप्रिय बन्न पुगेको छ। बंगुर साटासाट कार्यक्रममा पनि १५ वटा समूह रहेका छन्। समूहमा सहभागी किसानले पनि उक्त कार्यक्रममार्फत आम्दानीको दरिलो सुरुवात गरेका छन्। उनीहरूको कामबाट नगरपालिकाले सन्तुष्टि लिने ठाउँ प्रशस्तै रहेको बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईंले बताइन्।
उनले भनिन्, ‘नगरपालिकालाई आर्थिक भार नपर्नेगरी सञ्चालनमा ल्याइएका यी कार्यक्रम किसानमाझ लोकप्रिय छ। धेरै किसानले आय आर्जनको राम्रो बाटो लिनुभएको छ।’
करिब शून्य लगानीमा सञ्चालित उक्त कार्यक्रममा सहभागी किसानहरूले आगामी दिनमा अनुदान कटौती नगर्न र यस्लाई अझ फराकिलो बनाएर लैजान आग्रह गरेका छन्।

सम्बन्धित खबर