सोमवार, फागुन २५, २०८२
Nayapaper | अनलाइन पत्रिका

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

नेपालीको विकासको चाहना पूरा गर्ने शिक्षा आवश्यकः राष्ट्रपति पौडेल

शुक्रवार, जेठ २३, २०८२

काठमाडौँ, २३ जेठः राष्ट्रपति रामचन्द्र पौडेलले स्वदेशमै उत्पादन र रोजगारी बढाउने, श्रम संस्कृतिको सम्मानसहित सीपवान् र शीलवान् नागरिक तयार गर्नेतर्फ पाठय्क्रम र पठनपाठन केन्द्रित हुन जरुरी रहेको बताउनुभएको छ । 
 
नेपाल आदर्श माध्यमिक विद्यालयको ७५औँ जन्मजयन्ती (हीरक महोत्सव) का अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले सूचना प्रविधिको विकास भएको आधुनिक समयमा उत्पादन वृद्धि, रोजगारी सिर्जना, पूर्वाधारसहित नेपाल र नेपालीले अपेक्षा गरेको विकासको चाहना  पूरा गर्ने शिक्षा दिन आवश्यक रहेको उल्लेख गर्नुभयो । राष्ट्रपति पौडेलले भन्नुभयो, “राजनीतिक परिवर्तनपछि मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली अवलम्बन गर्दै तीव्र विकासको बाटोतर्फ उन्मुख छ । सूचना प्रविधिको विकास भएको आधुनिक समयमा उत्पादन वृद्धि, रोजगारी सिर्जना, पूर्वाधारसहित नेपाल र नेपालीले अपेक्षा गरेको विकासको चाहनालाई अघि बढाउन तदनुरुपको शिक्षा दिन आवश्यक छ भन्ने मलाई लाग्छ ।” 
 
उहाँले विद्यालय तहदेखि नै आधुनिक समयको मागअनुसार पाठ्यक्रम, प्रविधि र जनशक्तिको उपयोग गरी गुणस्तरीय शिक्षा दिनेतर्फ विशेष ध्यान दिनुपर्ने बताउनुभयो । राष्ट्रपति पौडेलले गुणस्तरीय, प्राविधिक र प्रतिस्पर्धाको पक्षलाई ध्यान दिई भविष्यमा योग्य र क्षमतावान् व्यक्तिका रूपमा उभिन सक्नेगरी शिक्षा प्रदान गर्नेतर्फ सरकार र शिक्षाको क्षेत्रमा कार्यरत सबै पक्षले उत्तिकै ध्यान दिन जरुरी रहेको बताउनुभयो । उहाँले अध्ययनका लागि मुलुक बाहिर जाने प्रवृत्तिमा कमी ल्याउन र बजारको मागअनुसारको जनशक्ति विकास गर्न जोड दिनु आजको आवश्यकता हो भन्नुभयो । 
 
राष्ट्रपति पौडेलले ज्ञान, चेतना, जागरण र रूपान्तरणमा शिक्षाको भूमिका महत्वपूर्ण रहँदै आएको बताउँदै सभ्य र सुसंस्कृत आधुनिक समाज निर्माणमा मात्र नभएर राष्ट्रको समग्र विकासको जग र आधार नै शिक्षा भएको स्पष्ट पार्नुभयो । उहाँले जनता शिक्षित भएमा आफ्नो निरङ्कुश शासनको विरोध गर्लान् भनी जनतालाई शिक्षाबाट वञ्चित गर्न खोज्ने राणा शासनकालमा राजधानीको मुटुमा नेपाल आदर्श विद्यालयको स्थापना हुनु एउटा ऐतिहासिक घटना भएको बताउनुभयो । राष्ट्रपति पौडेलले सो विद्यालयका संस्थापकको आदर्श, कर्तव्यपरायणता एवं मातृभूमिप्रति समर्पित कर्मठ विद्यार्थी तयार गर्ने सपनाअनुसार नै विद्यालयको नाम ‘नेपाल आदर्श’ रहनु सधैँ स्मरणीय विषय भएको बताउनुभयो । 
 
त्यस अवसरमा राष्ट्रपति पौडेलले विद्यालयका पूर्वविद्यार्थी सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधान, नेपाल बार एशोसिएसनका अध्यक्ष विजयप्रसाद मिश्रलगायत पूर्वविद्यार्थी एवम् विद्यालयमा  योगदान पुर्‍याउनेहरूलाई सम्मान गर्नुभएको थियो ।
सम्बन्धित खबर