आइतवार, चैत १, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

सशस्त्र प्रहरीका गोताखोर बेपत्ता घटनाः गृहमन्त्री लेखकद्वारा दुःख व्यक्त

शुक्रवार, जेठ २३, २०८२

काठमाडौँ, २३ जेठः गृहमन्त्री रमेश लेखकले सप्तरीस्थित सप्तकोशीमा सशस्त्र प्रहरी बल नेपालका दुई सशस्त्र प्रहरी जवान (गोताखोर) बेपत्ता घटनाबारे दुःख व्यक्त गर्नुभएको छ ।
 
शुक्रबार बिहान हल्चोकस्थित सशस्त्र प्रहरी प्रधान कार्यालय पुगेर गृहमन्त्री लेखकले उक्त घटना सम्बन्धमा विस्तृत जानकारी समेत लिनुभयो । उहाँले अभ्यासका क्रममा ज्यान गुमाएका राष्ट्रसेवकको शोकलाई शक्तिमा बदल्दै आगामी दिनमा थप सचेत र सुरक्षा अपनाउन जरुरी रहेको बताउनुभयो । “शोकलाई शक्तिमा बदल्दै थप सचेत भएर काम गर्न आग्रह छ,” गृहमन्त्री लेखकले भन्नुभयो, “खतराजन्य उद्धारमा खटिने जनशक्तिको जीवन बिमाबारे मन्त्रालयले थप कार्य गर्नेछ ।” 
 
उहाँले खतराजन्य उद्धारमा खटिने प्रहरी कर्मचारीको बिमालगायत विषयमा थप बजेटका लागि मन्त्रालयले प्रयास गर्ने बताउनुभयो । उहाँले यसप्रकार घटना पुनरावृत्ति नहुने गरी सबै कुराको यथेष्ट ध्यान पु¥याएर गर्नुपर्नेमा समेत जोड दिनुभयो ।
 
सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित कोशी नदीमा बिहीबार अपराह्न मनसुनजन्य विपद्को पूर्वतयारी अभ्यास गर्ने क्रममा सशस्त्र प्रहरी जवान हरदेव राजवंशी र सुरज साउँद (गोताखोर) बेपत्ता भएका थिए ।
 
सशस्त्र प्रहरी बलले घटनाबारे जानकारी दिँदै बेपत्तामध्ये हरदेवको शव आज बिहान घटनास्थलदेखि करिब तीन किलोमिटर तल स्थानीयले देखेपछि सशस्त्र प्रहरीलाई खबर प्राप्त भएको जनाइएको छ । अहिले हरदेवको शव परीक्षण प्रक्रियाका लागि राजविराज पु¥याइएको छ । 
 
मन्त्री लेखकले बेपत्ता जवान साउँदको खोजीमा कुनै कसर बाँकी नराख्न आग्रह गर्दै त्यसका लागि प्रदेश सरकारसित पनि आवश्यक समन्वय गर्न निर्देशन दिनुभयो ।
 
राजवंशी श्रीअन्तु गण इलाम दरबन्दी भई दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीमा र साउद १३ नं गण पर्सा दरबन्दी भई छिन्नमस्ता वाहिनी मुख्यालयमा कार्यरत थिए ।
 
घटनाबारे जानकारी लिन मन्त्री लेखकसँगै प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडा र निमित्त गृहसचिव जयनारायण आचार्य, मन्त्रालयको शान्तिसुरक्षा महाशाखाका सहसचिव रामचन्द्र तिवारीलगायतका अधिकारीहरु सशस्त्र प्रहरी प्रधान कार्यालय पुग्नुभएको थियो ।
सम्बन्धित खबर