Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
आँधी हुरीसहित आएको वर्षातले पाथिभरा स्टिल इण्डष्ट्रिजमा ठुलो क्षति
शनिवार, चैत १८, २०७९
बिर्तामोड । आँधी हुरीसहित आएको वर्षातकाकारण पाथिभरा स्टिल इण्डष्ट्रिजमा ठुलो क्षति भएको छ। शुक्रवार साँझ आएको आँधी हुरीसहितको वर्षातले बिर्तामोड नगरपालिका वडा नम्बर २मा रहेको यस उद्योगमा दश करोड रुपैयाँ भन्दा बढीको क्षति भएको जनाइएको छ ।
उद्योगमा एसीबी २ थान, ५०० एचपी मोटर, ७ एमएम टोकरीको प्यानल र मोटरसहित सेड, पुसरको प्यानल र मोटर, भट्टी र सेड, लेथको प्यानल मोटर, ल्याब, कार्यालयको कम्प्युटर, प्रिन्टर लगायत धेरै मेशिनहरु पानी पसेर पुर्णरुपमा काम नलाग्ने अवस्थामा पुगेको इण्डष्ट्रिजका प्रवन्ध निर्देशक कपिल बिमलीले जानकारी दिनु भयो ।
यस्तै उद्योगमा काम गर्ने मजदुर बस्ने क्वाटरसमेत पुर्णरुपमा क्षति पुगेको छ । त्यहाँ भएका भांडा कुँडा, ग्यास, लत्ता कपडा लगायतका समग्रीहरुमा क्षति हुनका साथै भवनको छानामा लगाएको जस्ता पातासमेत उडाएको छ । उद्योगको मुख्य मेशिन र भट्टी रहेको स्थानको छाना उडाएर असिना पानी पसेकाकारण ठुलो क्षति भएको उद्योगका व्यवस्थापक भुपाल थापाले जानकारी दिनु भयो ।
शनिबार विहान उद्योगको वरीपरी रहेको खाली जग्गा र सडकमा छानामा लगाइको जस्तापाता छरिएको पाइएको स्थानीयहरु बताउँछन् । यस उद्योगमा एक सय ३५ जना भन्दा बढीले रोजगारी पाएका छन् ।
यो इण्डष्ट्रिज कोशी प्रदेशकै उत्कृष्ठ स्टिल उद्योगका रुपमा परिचित छ । बैङ्कको व्याजदर र बजारको आर्थीक अवस्थाले पिरोलीरहेका बेला उद्योगले ठुलो क्षति व्यहोर्नु पर्दा लागनीकर्ताहरु निकै ठुलो मारमा परेका छन् ।