शुक्रवार, असार २०, २०८२
Nayapaper | अनलाइन पत्रिका

बाथरुममा चिप्लिएर कमल गाउँपालिकाका पौडेलको मृत्यु

शुक्रवार, जेठ २३, २०८२

झापा, २३ जेठ : झापाको कमल गाउँपालिकामा बाथरुमबाट चिप्लिएर एक जनाको मृत्यु भएको छ ।

गत जेठ १० गते कमल गाउँपालिका–२ तोपगाछीका ९३ वर्षीय नन्दप्रसाद पौडेल आफ्नै घरको बाथरुमबाट निस्किने क्रममा अचानक चिप्लिएर लड्दा घाइते भएका थिए ।

बिर्तासिटी अस्पताल बिर्तामोडमा सामान्य उपचार पश्चात थप उपचारका लागि बिराट टिचिङ अस्पताल बिराटनगर लगिएको थियो । उपचारकै क्रममा आज दिउँसो उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित खबर